दमक,२ फागुन । झापाको कमल गाउँपालिका ४ स्थित फोनिक्स अंग्रेजी स्कूलमा मंगलवार ‘विद्यार्थी संग कुलपति ’कार्यक्रम सम्पन्न भएको छ ।स्कूलमा भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईसहितका श्रष्टाहरुसंग विद्यार्थीहरुले प्रत्यक्ष अन्तरकृया गरेका थिए । कुलपति राईलाई आफनै स्कूलमा पाएपछि विद्यार्थीहरुले भाषा,साहित्यका विषयमा खुलेर जिज्ञासा राखेका स्कूलका संस्थापक बदी साङपाङले बताए ।
त्यस अवसरमा आयोजक स्कूलले कुलपति राईको स्वागत तथा सम्मान गरेको थियो । कार्यक्रममा प्रज्ञा सदस्यहरु मुनाराज शेर्मा, सुमित्रा वाङदेल, प्याव्सन झापाका अध्यक्ष गौरीमान फागो, श्रष्टाहरु साङसेन पन्दाक लगायतका श्रष्टाहरुको उपस्थिति रहेको थियो ।