भद्रपुरमा मोवाइलको निहुँमा श्रीमतीको हत्या

झापा ,२ फागुन । झापाको भद्रपुर नगरपालिका- १ लाहुरे चौकका ३४ बर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
आज बिहान तामाङले मोबाइल बिगारेको निहुँमा ३४ बर्षीया अनिता लिम्बूलाई घाँटी तथा शरीरमा चक्कु प्रहार गरी आफ्नै घरमा हत्या गरेका थिए ।
चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । मृतकको शव आवश्यक कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.