सडकको नालीमा डुबेर बालकको मृत्यु

झिलझिले,१ फागुन । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउका टिकामाया श्रेष्ठका ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन् ।
हिजो बिहान साढे ९ बजे घरबाट उत्तर तर्फको सडकको नालीमा डुबेका ति बालकलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल दमकमा ल्याइएको थियो । उनको सो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेलाई उदृत गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.