दमक ,१ फागुन । दमक मदिरा व्यवसायी संघ झापाको अध्यक्षमा पुनः दिनेश मैनाली चुनिएका छन् । मोरङको मंगलवारेस्थित सिमसारमा शुक्रवार सम्पन्न संघको दोश्रो बार्षिक साधारणसभा, सम्मान तथा वनभोज कार्यक्रमका वीच पुनः मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा तोर्ण बस्नेत, सचिवमा नगेन्द्र चम्लागाई, सहसचिवमा विष्णु सुब्बा, कोषाध्यक्षमा महेन्द्र खड्का चुनिएका छन् । यसैगरि, सदस्यहरुमा विणु साह, बिकास प्रसाई, बद्रिविक्रम बुढाथोकी,अर्पित खड्का , मैया लिम्बू र राजन निरौला चुनिएका छन्।
निर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्नुका साथैं सपथग्रहण समेत गराइएको थियो । निर्वाचन सम्पन्न गर्न दमक मदिरा व्यवसायी संघका पूर्व अध्यक्ष भरत चम्लागाई र सदस्यद्धयमा प्रेम पाण्डे र हेमसिंह अधिकारी तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
संघका अध्यक्ष दिनेश मैनालीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाका अध्यक्षबाट अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष खड्काले आर्थिक प्रतिवेदन बन्दसत्रले सुझावसहित पारित गरेको थियो ।सभामा प्रमुख अतिथि श्रेष्ठ , दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, मदिरा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष नविन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोहि अवसरमा साधारणसभा सम्पन्न गर्न सहयोग पुरयाँउने मदिरा तथा फूड एग्रोका कम्पन्नी प्रतिनिधिहरु, मदिरा व्यवसायी संघ मोरङ,इटहरी , धरानका प्रतिनिधि तथा प्रमुख अतिथि,अतिथहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
अग्रज व्यवसायी चौधरी सम्मानित
दमककै अग्रज मदिरा व्यवसायी सन्तोष चौधरी सम्मानित भएका छन् । संघले मदिरा व्यवसायका क्षेत्रमा लामोसमयदेखि योगदान पुरयाँउदै आएका व्यवसायी चौधरीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो । सम्मानित व्यक्तित्व चौधरी २०४७ सालदेखि दमकमा मदिरा व्यवसाय गरिआएका न्यू सन्तोष कोल्ड सेन्टरका प्रोपाईटर हुन् । संघले आफनो साधारणसभामा बार्षिक रुपमा अग्रजलाई सम्मान तथा दुःखमा परेका व्यवसायीलाई सहयोग पुरयाँउदै आएको छ ।
यसैगरि, सोहि अवसरमा संघले दमक उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समेत बधाई शुभकामनासहित सम्मान प्रदान गरिएको कार्यक्रम संयोजक महेन्द्र खड्काले बताए ।


