दमक,१ फागुन । पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्च ‘पकिलिरा’ का अध्यक्ष चन्द्रप्रसाद योङयालाई पत्नीशोक परेको छ ।शिवसताक्षी ,दुधे निवासी राजनीतिक तथा सामाजिक अगुवा योङयाका ६७ बर्षिया श्रीमती ओमकुमारी भण्डारी योङयाको बुधबार राति उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । स्व. ओमकुमारीका एक छोरा र तीन छोरी छन् । पारिवारिक स्रोतका अनुसार स्व. ओमकुमारीको पार्थिव शरीरलाई भोलि शुक्रवार किरात विधिअनुसार दुधे राजमार्ग उत्तर जंगलमा अन्त्येष्टि गरिने जनाएको छ ।
यसैवीच, पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चका अध्यक्ष चन्द्रप्रसाद योङयाकी श्रीमती ओमकुमारीको निधन प्रति मञ्चले समवेदना व्यक्त गरेको छ ।