दमक,१ फागुन । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोज लामाले यस क्षेत्रको शान्ति सुरक्षा सुढृण बनाउन आफू प्रतिवद्ध भई लाग्ने बताएका छन् ।
दमक उद्योग वाणिज्य संघले उनको सम्मानमा सोमबार आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै प्रनाउ लामाले शान्तिसुरक्षामा प्रहरी मात्रको एक्लो प्रयास सार्थक नहुने भएकाले सवैको सहयोग आवश्यक भएको औल्याए ।
उनी हालै मात्र सरुवा भई दमक प्रहरीको कमाण्ड सम्हाल्न यहाँ आएका हुन् । संघको आफनै बैठक कक्षमा आयोजित परिचयात्मकसहित स्वागत कार्यक्रममा सहभागिहरुले दमकको शान्ति सुरक्षाका विषयमा जानकारी गराएका थिए । उनीहरुले व्यवसायिक सुरक्षा तथा यस क्षेत्रमा देखिएको विकृति,विसंगतिका विषयमा ध्यानाकर्षण गराईएको संघका प्रथम उपाध्यक्ष राजकुमार योङयाले बताए ।
संघका अध्यक्ष गोपाल गुरागाईको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।