‘एमसीसी परियोजनालाई बुझाउन नसक्नु सरकारको कमजोरी’

दमक,१ फागुन । नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माले अमेरिकी परियोजना एमसीसीलाई सरकारले आसन्न स्थानीय तहको निर्वाचन पछि संसदमा टेवल गर्न सुझाएका छन् ।
एमसीसी परियोजनालाई ठिक भएपनि बुझाउन नसक्दा चौतर्फी आलोचना भएकाले त्यसलाई निर्वाचन अघि जर्वजस्त संसदमा अनुमोदनका लागि लैजान नहुने उनले सुझाए ।
जिल्लाकै पूराना प्राज्ञिक व्यक्तित्व समेत रहेका वयोवृद्ध नेता दाहालले सत्तारुढ गठबन्धन र प्रतिपक्षी दल एमाले बीच सहमति जुटाएर मात्र एमसीसी परियोजना संसदमा लैजानु उपयुक्त हुने धारणा राखे । उनले भने,–‘एमसीसीकै कारण देशको राष्ट्रिय एकता धुल्मिलिनु हुन्न, त्यसलाई ठिक ढंगले अघि बढाउनु पर्छ ’
प्रदेशवाणी अनलाईनसंग कुराकानी गर्दे नेता दाहालले एमसीसी परियोजनाले देशका राजनीतिक दललाई दुई कित्तामा पुरयाँएको र सरकारले समेत त्यसबारे आमजनमानससम्म यर्थाथता बुझाउन नसक्दा परियोजनानै आलोचित भएको जोड दिए । अव परियोजनालाई सरकारले दलीय सहमति जुटाएर मात्रै त्यसको व्यवस्थापन गर्नु पर्ने उनले विचार राखे । उनले भने,–‘एमसीसी परियोजना जर्वजस्ती अघि बढाए त्यसको नकरात्मक असर कांग्रेसलाई बढी पर्ने संभावना देखेकोछु, त्यसबारे पार्टी नेतृत्व गंभीर हुनुपर्छ । ’
झापा, कमल ५ का स्थायीबासी समेत रहेका दाहालले महाधिबेशन पछि पनि कांग्रेसमा भावनात्मक एकता वन्न नसक्दा स्थानीय तहको निर्वाचनमा त्यसको असर देखा पर्न सक्ने आशंका उव्जिएको औल्याए । महाधिबेशनले एकताको सन्देस दिनु पर्ने भएपनि त्यसो हुन नसकेकाले पार्टी भित्र ढिला नगरि नेता तथा कार्यकर्ताहरुमा भावनात्मक एकताको वातावरण निर्माण गर्न खाँचो भएको समेत उनले सुनाए ।

Leave a Reply

Your email address will not be published.