दमक ६ को वडा कार्यालय आफनै भवनमा स्थान्तरण

दमक,१ फागुन । दमक ६ को वडा कार्यालय आफनै भवनमा सरेको छ । दमकको पूरानो सव्जी वजारको आफनै जमीनमा सुविधासम्पन्न भवन निर्माण गरि शुक्रवारदेखि कार्यालय स्थान्तरण गरिएको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
वडा कार्यालयको सेवा प्रभावकारी बनाउन व्यवसायिक संरचनाका साथ वडाको आफनै कार्यालय भवन तयार गरिएको उनले जनाएका छन् । तीनतले वडाको भवन निर्माण गर्न करिव ४ करोड खर्च भएको बताईएको छ । नयाँ भवनबाट सेवा शुरु भएपछि सेवाग्रहीले थप सुविधा पाउने वडाध्यक्ष थापाले बताए ।

Leave a Reply

Your email address will not be published.