कमल नगर अस्पतालमा शिविर,१०३४ जनाले लिए सेवा

दमक  ,१ फागुन । झापाको कमल गाउँपालिका वडा न. २ क्यापास्थित कमल नगर अस्पतालमा विहिबार सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा एक हजार बढी सर्वसाधारणले सेवा लिएका छन् ।
अस्पतालले आफनो दोश्रो बार्षिकोत्सवको अवसरमा विराटनगरको विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलसहित आँखातर्फ विर्ताज्योति र दन्ततर्फ दमकको आमा डेन्टलको प्राविधिक सहयोगमा आयोजित शिविरमा १०३४ जनाले सेवा पाएको अस्पतालले जनाएको छ । शिविरमा कमलसहित छिमेकी पालिका शिवसताक्षीका बासिन्दाहरु लाभान्दित भएका छन् ।
अस्पतालका प्रमुख दिपकप्रसाद दाहालका अनुसार शिविरमा फिजीसियन परीक्षणमा ३४५ , स्त्री तथा प्रसुति रोगतर्फ ९७ जना र नवजात तथा बालरोग तर्फ ८६ जनाले बिषेशज्ञ स्वास्थ्य जाँचसहित परामर्श सेवा लिएका छन् ।
शिविरमा विराट मेडिकल कलेजकी स्त्री रोग विशेषज्ञ डा.दृष्टि भट्टराईले स्वास्थ्य परीक्षणमा आएका अधिकांस महिलामा अनियमित रक्तस्राव, पेट दुख्ने , गर्भाशय खस्ने समस्या देखिएको बताईन् ।
शिविरमा बालवच्चाहरुमा प्राय छात्तीमा चिसोको संक्रमण, टाईफाइड, पिसावमा संक्रमण, रुघाखोकी,ज्वरो जस्ता समस्या भेटिएको विराट मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. बिजय शाहले बताए ।जनरल फिजिसियनतर्फ कलेजका डा.मुकेस कुमार शाहले विरामीको स्वास्थ्य जाँच गर्नुका साथैं आवश्यक परामर्श प्रदान गरेका थिए ।
शिविरमा १९० जनाले दन्त परीक्षण ,३१६ जनाले आँखाको जाँच लिनुका साथै आवश्यक औषधीहरु समेत प्रदान गरिएको जनाईएको छ ।
स्वास्थ्य शिविरमा ग्रेस फार्मासेउटिकल ,डिसिआई फार्मासेउटिकल ,एन एम एस आर ए मेची युनिटबाट औषधीहरु निशुल्क प्राप्त भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य भुवन निधिले दिए । अस्पताल सञ्चालनमा आएपछि बार्षिक ३० हजार बढी सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य बिमासहितको स्वास्थ्य सेवा लिदै आएको अस्पतालका कार्यालय प्रमुख दाहालले बताए ।
सोहि अवसरमा शिविर सफल बनाउन सहयोग पुरयाँउने बिराट मेडिकल कलेजसहितका स्वास्थ्य संस्थाहरुलाई प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो । त्यसैगरि, स्वास्थ्य मन्त्रालयबाट अस्पताललाई उपलव्ध एनलाइजर मेसिन १ था,विपी सेट ५ थान,इसीजी १ थान लगायतका स्वास्थ्य उपकरणहरु समेत सोहि कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले उदघाटन गरेको सो शिविरमा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने , कमल २ का वडा अध्यक्ष अशोक सुब्बा, कार्यपालिका सदस्य पदम सुन्दास, वडा सदस्य भिम सिंह कार्की लगायतको उपस्थिति रहेको थियो । शिविरमा कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फूलकचन्द्र लावती,आम्दा अस्पतालका डा. अजित साह, कमल गाउँपालिकाकी नर्सिङ्ग, स्वास्थ्यकर्मीहरु लगायतले सहयोग पुरयाँएका थिए ।

शिविरमा मन्तव्य राख्दै पालिका अध्यक्ष राई

शिविरमा विरामीलाई औषधी वितरण गरिदै

Leave a Reply

Your email address will not be published.