
दमक, २९ माघ । नेकपा (एकीकृत समाजवादी ) ले दमक -२ मा वडा कमिटी गठन गरेको छ । पार्टीका जिल्ला कमिटी सचिव मणी भण्डारीको प्रमुख आतिथ्यतामामा आज सम्पन्न वडा भेलाले युवराज दुलालको अध्यक्षतामा वडा कमिटी गठन भएको छ ।
पार्टी दमक नगर कमिटीका अध्यक्ष महेश घिमिरेका अनुसार वडा कमिटीको उपाध्यक्षमा सन्तोष पौद्धार, सचिवमा सुमन अधिकारी, उपसचिवद्धयमा सरिता गदाल र चुडामणी तिम्सिना चयन भएका छन् । त्यस्तैं, वडा सदस्यहरुमा नागेश्वर पौद्धार, राजेश बिक, बिबि घतानी, हिमालय दाहाल, कमला गौतम कार्की, पूजा श्रेष्ठ, तारा बिश्वकर्मा, शुषमा घतानी, गीता कार्की, चन्द्रिका कार्की लगायत ३५ सदस्यीय वडा कमिटी गठन भएको नगर अध्यक्ष घिमिरेले जानकारी दिए ।
वडा स्तरीय भेलामा पार्टीका प्रदेश १ कमिटीका सदस्य एबम् नेपाल प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, केन्द्र प्रसाई, जिल्ला सदस्य टिका प्रसाई नगर अध्यक्ष महेश घिमिरे लगायतले नव गठित वडा कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।