पथरीशनिश्चरे, ३० माघ । मेइटु पेन्ट्सको डिलर्स खुशी श्री ट्रेडर्स पथरी शनिश्चरे १ मोरङले दुई जना मजदुरलाई पुरस्कार प्रदान गरेकोे छ । पथरी शनिश्चरे -१ फुलबारी चोकका पेन्टर् हिमाल लिम्बूलाई स्कुटर र पथरी शनिश्चरे -२ सिर्जना चोकका पेन्टर बिरेन मगरलाई वासिङ मेसिन प्राप्त गरेका छन् ।
बिगत ४ वर्षदेखि पेन्टरको काम गरिरहेका लिम्बू र मगरलाई मेंइटु पेन्ट्सका सय बढी डिलरहरूमध्ये गोलाप्रथाद्वारा छनौट भएका दुई जनालाई स्कुटर र वासिङ मेसिन प्रदान गरिएको खुशी श्री ट्रेडर्सका संचालक ऋषि चम्लगाईले बताएका छन् ।
मेइटु पेन्ट्सको आधिकारिक विक्रेता खुशी श्री ट्रेडर्सका प्रोप्राइटर चौलागाईंले पथरी शनिश्चरे वडा नं २ का हिमाल लिम्बूलाई २ लाख ३८ मूल्य बराबरको एउटा स्कुटर र सोही पालिकाको वडा नम्बर १ निवासी बिरेन मगरलाई ७० हजार मूल्य बराबरको वासिङ मेसिन प्रदान गरेका थिए । कार्यक्रममा समाजसेवी खगेन पुलामी मगर, खुसी श्री ट्रेडर्सकी मेनेजर रिता चौलागाईं , कर्मचारी दिपा चौलागाईं पराजुली, रङ्गोगन कार्यका संलग्न मजदुरहरूको पनि उपस्थिति रहेको थियो ।