माछा मार्ने क्रममा करेन्ट लागेर बराइलीको मृत्यु

झापा,२९ माघ । झापा,मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज साँझ एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका सुगम टोल निवासी ५० वर्षीय मानबहादुर बराइली रहेको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको र सो घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.