खरेल मृत्यु प्रकरणको अनुसन्धानमा उब्जियो प्रश्न

-रिहाइ गर्न माग 

दमक,३० माघ । झापाको दमकमा करिब डेढ महिना भएको भनिएको सवारी दुर्घटनामा मृत्यु भएका कमल खरेलको ज्यान मुद्धामा प्रहरीद्धारा भइरहेको अनुसन्धानमाथि प्रश्न उब्जिएको छ ।
प्रहरीले १८ दिन अघिदेखि झापा, दमक नगरपालिका -९ का ३१ बर्षिय युवराज तामाङलाई हिरासतमा लिएर बढाएको अनुसन्धानप्रति तामाङ परिवारले प्रश्न उठाएका हुन् ।
उनीहरुले दुर्घटनापछि पटक पटक प्रहरीले निज तामाङलाई अनुसन्धानका लागि बोलाएर छाडेको तर विभिन्न समूहको दबाबमा जवरजस्त पछिल्लो समय नियन्त्रणमा लिएर सवारी ज्यान मुद्धामा अदालतबाट म्याद थपको आदेश लिनु न्यायोचित नभएको उनीहरुको जिकिर छ ।
हयाङल्ला तामाङ बल परिवारसहित उनका परिवारजनले बुधबार पत्रकार सम्मेलन गरि विगत १८ दिनदेखि दमक प्रहरीको हिरासतमा राखिएका तामाङलाई रिहाइ गर्न माग गरेका हुन् ।
तामाङकी श्रीमती करिस्माले सवारी दुर्घटनाको विषयमा आफना श्रीमानलाई फसाउन खोजिएको आरोप लगाईन् ।पत्रकार सम्मेलनमा युवराजका भाई सन्दिप तामाङले सवारी दुर्घटनामा संलग्नता रहेको भए शुरुमानै नियन्त्रणमा लिएर किन छोडियो ? मेरै रोहबरमा युवराजलाई प्रहरीले छोडनु अनि युवराजलाई फरार भनिनु कस्तो आरोप हो ? भनि प्रश्न गरे ।
घटनाका प्रत्यक्षदर्शीहरु मध्येकी दमक ७ की कोपिला खड्काले तामाङले चलाएको गाडी खरेल भएको स्थानमा पुग्नु अघिनै खरेल भुइँमा लडिरहेको आफूले देखेको बताइन् । उनले सो प्रकरणमा जर्वजस्ती दोषी बनाउन खोजिएको भन्दै उनलाई रिहाई गरिनुपर्ने बताइन् ।
सडक छेउमा लडिरहेका देखेपनि त्यो त्यही मिनीट्रकबाट भने नभएको जस्तो लागेको उनले सुनाईन् ।
दमकको पाथीभरा पेट्रोल पम्प सडक खण्डमा गत मंसीर ६ गते दमक -५ बस्ने ७९ बर्षिय कमल प्रसाद खरेल विहान ५.३० वजे घाईते अवस्थामा भेटिएका थिए ।
घाईतेको उपचारका क्रममा मृत्यु भएको थियो । सवारी दुर्घटनाबाट नै खरेलको मृत्यु भएको भन्ने आशंका पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी ) सहित दमक प्रहरीको टोलीले अनुसन्धानमा परिचालित भएको थियो ।
प्रहरीको लामो अनुसन्धान पछि दुर्घटनामा संलग्न रहेको दाबीसहित को १ ख ४१४२ नम्बर मिनीट्रक र चालक तामाङलाई १८ दिन अघि पक्राउ गरि मुद्धा चलाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.