हात्ती धपाउन टांगिएको करेन्ट लागेर श्रेष्ठको मृत्यु

बिर्तामोड ,२८ माघ । हात्तीबाट जोगिन घरअगाडि टांगेको बिजुलीको करेन्ट लागेर बिर्तामोड ७ बाह्रघरेका एकजनाको मृत्यु भएको छ ।गएराति पिसाब फेर्न निस्किदा करेन्ट लागेर ४९ वर्षिय खेम श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । इप्रका डिएसपी सुरज कार्कीका अनुसार करेन्ट लागेर सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइपुर्याउँदा राति साढे ११ बजे उनको मृत्यु भएको हो।
श्रेष्ठले जंगली हात्ती धपाउन आफ्नै घरवरिपरि करेन्ट टांगेका थिए ।हात्ती प्रभावित क्षेत्रमा मानिसहरुले त्यस किसिमको जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.