झिगु समाज दमकको नयाँ नेतृत्व

दमक,२८ माघ । झिगु समाज दमकको नयाँ नेतृत्व चयन भएको छ । दमक ७ स्थित बगैचा टोलमा समाजको आज सम्पन्न १५ औ साधारणसभाले शिक्षासेवी दिलीप श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
सर्वसम्मत निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ,उपाध्यक्षमा नरेन्द्र शाक्य,सचिवमा कमल श्रेष्ठ ,सहसचिवमा नविन श्रेष्ठ र कोषाध्यक्षमा अन्जना ताम्राकार चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा गणेशकुमार श्रेष्ठ,भगवती श्रेष्ठ,कमल उदास,शेषबहादुर श्रेष्ठ,दिपेन्द्र श्रेष्ठ,राजेन्द्र श्रेष्ठ र शिव श्रेष्ठ लगायत चुनिएका छन् ।
दमकमा झिगु समाज २०४१ सालमा स्थापना भएको हो । समाजले गत पुस ७ गतेदेखि दमक ७ नमुना बस्ती नजिकै आफनो कार्यालय निर्माणको काम समेत शुरु गरेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.