विद्युतमा जस्तै धेरै क्षेत्रको लोडसेडिङ अन्त्य गर्नुछः घिसिङ

दमक,२८ माघ । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफूहरुले बिद्युतमा लोडसेडिङ अन्त्य गरेर आएको र अब मुलुकका सबै क्षेत्रको लोडसेडिङ अन्त्य गर्न आएको बताएका छन् ।

राष्टिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टीले बुधबार दमकको आकासे पुलमा आयोजित कोणसभामा बोल्दै घिसिङले कुरा भन्दा काम गर्न आफूले प्रमाणित गरिसकेकाले पनि अव जनताले आफनो पार्टीलाई निर्वाचनमार्फत जिम्मेवारी दिने विश्वास व्यक्त गरे । आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गरेको तथा जेनजी आन्दोलनपछि विकल्पका रूपमा यस पार्टी जनताका वीचमा आएको उनको भनाई थियो ।

अध्यक्ष घिसिङले जेनजीहरुको असली पार्टी उज्यालो नेपाल पार्टी र राष्टिय स्वतन्त्र पार्टीनै भएको दाबी गरे । यही पार्टी नयाँ हो , यही पार्टी मुलुकलाई भ्रष्टाचार मुक्त बनाउन अघि बढेको उनले जिकीर गरे ।
चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा विद्युतको लोडसेडिङ अन्त्य भएपनि यो देशमा धेरै क्षेत्रको लोडसेडिङ अन्त्य गर्नुपर्ने खाँचो रहेको उल्लेख गरे । हामी कुनै भाषण गरेर सोसल मिडियामा लेखेर आएका होइनौं हामी काम गरेर परिणाम लिएर आएको उनको भनाई थियो । उनले यही पार्टीनै असली पार्टी भएको दाबी पनि गरे । सो अवसरमा राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पटेल लगायतले पनि सम्बोधन गरे ।

उज्यालो नेपाल पार्टी र राष्टिय परिवर्तन पार्टीका तर्फबाट संयुक्त उम्मेदवारका रुपमा झापा ५ मा युवा उम्मेदवार सविन चाम्लिङ राई उम्मेदवार छन् । जेनजी आन्दोलनमा खुट्टा गुमाएका राजेशको नेतृत्वमा खुलेको राष्टिय परिवर्तन पार्टी पहिलो पटक चुनाव चिन्ह बाँसुरी लिएर चुनावी मैदानमा छ भने सो पार्टीलाई झापा ५ मा कूलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि समर्थन गरेका कारण चाम्लिङलाई सशक्त युवा उम्मेदवारका रुपमा यस क्षेत्रमा हेरिएको छ ।सभामा जेनजी युनाइटेडलगायत आन्दोलनकी अगुवाहरुले समेत जेनजीको आन्दोलनलाई सफल बनाउन पनि यस पार्टीको जित आवश्यक भएको चर्चा गरेका थिए । पार्टी कार्यकर्ता भेटघाटका क्रममा झापा आएका उनले दमक अघि मेचीनगरमा पनि कार्यकर्ताहरु भेटघाट गरेका थिए ।
दमकको कोणसभा अघि उनीसहितको टोलीले दमकको चौंक,वजार नाराजुलुस गरि परिक्रमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published.