मंगलमयमा झुमादेवीले राखिन १,०१,१११ रुपैयाको कोष

दमक ,२८ माघ । झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयमा गएको दुई महिनामा विभिन्न तीन वटा अक्षयकोष स्थापना भएका छन् ।
विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाका अनुसार गएको दुई महिनामा स्थानीय तीन जना दाताले विद्यालयमै पुगेर ती अक्षयकोष स्थापना गरेका हुन् ।
यसैक्रममा आइतवार कमल -५ की ज्येष्ठ अभिभावक झुमादेवी बस्नेत सहित उनका परिवारले रु १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् । दाता झुमादेवीले दिवंगत आफना छोराद्धय गणेश र जीवन बस्नेतको स्मृतिमा उक्त राशीको अक्षयकोष स्थापना गरिदिएकी विद्यालयका अध्यक्ष टिकाराज सापकोटाले बताए ।
यसैगरि तारादेवी अधिकारी बस्नेतले बिद्यालयको ५३औं बार्षिकोत्सवको अवसरमा रोशन वहादुर बस्नेत स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेकी छन् ।

दाता बस्नेतले रु १ लाख १ हजार १ सय ११ रुपैयाको कोष राखेकी हुन् । यसअघि विद्यालयमा बिष्णुमाया थापा अक्षयकोषबाट सर्वोत्कृष्ठ विद्यार्थी, उत्कृष्ठ अभिभावकहरुलाई पुरस्कृत गरिआएको प्रअ बगालेले बताए । ती अक्षयकोषबाट प्राप्त हुने व्याजबाट विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई अध्ययन निरन्तरताका लागि सघाँउ पुग्ने उनको भनाई छ ।
पछिल्ला समय दाताहरुले विद्यालयमा स्वेच्छिक रुपमा अक्षयकोष स्थापना गर्ने क्रम बढ्दै गएकाले यसले विद्यालयको समग्र शैक्षिक विकासमा टेवा पुग्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.