पाँचथर,२८ माघ । ट्याक्टर दुर्घटना हुँदा पाँचथरमा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक पाँचथर याङबरक– १ तिम्बुरेखर्क बस्ने २७ वर्षीय दिनेश चौहान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान ४ः३० बजे पाँचथर याङबरक– २ इन्द्रेणी ओढारछेउस्थित मध्यपहाडी लोकमार्गमा तीनतिम्बुबाट च्याङथापुतर्फ जाँदै गरेको मे.१ त ६८९४ नं. को ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर तल झरेर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा चालक चौहानको घटनास्थलमानै ज्यान गएको थियो ।