मानसिक रोग र होमियोप्याथिक उपचार

मानसिक रोग र रोगी भनेको धेरैजसो हामी आफैले उत्पन्न गरेको या गराइएको समस्या हो । वंशानुगत गुण, पारिवारिक वातावरण, कलह, अचानक नसोचेको पीडा या डर आदि कारण हुन् । यस्ता समस्याहरुले विरामीमा मात्र नभएर परिवार र समाजलाई नै असर गरिरहेको हुन्छ । नराम्रो प्रभाव , नकारात्मक भावनाको विकास गराइरहेको हुन्छ । धेरै जसो मानसिक समस्या परिवारको माया, विरामीलाई हेर्ने दृष्टिकोण अनि काउन्सिलिङबाट नै राम्रो गर्न या बनाउन सकिन्छ । विरामी व्याक्तिको चाहना, उसको डर, भावना र आवश्यकतालाई वुझनुपर्छ । एकोहोरो दबाब र अभद्र व्यवहारका कारण पनि धेरै मानिसहरु मानसिक समस्यामा र डिप्रेसनका सिकार भएका हामीले गाउँघरमा देखिरहेका छौ । परिवारको अनावश्यक माग आधुनिकताका नाममा फजुल खर्च अनि देखावटीमा धेरै पैसा खर्च गर्ने, लागुपदार्थ सेवन, बैदेशिक रोजगारीका कारण परिवारमा आएको अविश्वास, पढाइमा अब्बल हुन नसक्दा पविारको दबाब जस्ता धरै कारणबाट आजकल मानसिक रोगी वढदै गएको पाइएको छ ।
……………………………………………………………………………………………………………………………………………………………..

जीवहरु मध्ये बुद्धि, विवेक अनि ज्ञान भएको मानिसमा हरेक कुराको अनुभव गर्नसक्ने क्षमता प्रकृतिले दिएको हुन्छ । र, त्यसको संचालन, नियमन र पालना गर्ने मस्तिष्क अर्थात दिमाग हो । हो, हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अङ्ग दिमाग अथवा मस्तिष्कले नै हाम्रो शरीरलाई चलाएको हुन्छ । राम्रो नराम्रो, असल खराव, बोली बचन, माया, ममता, इच्छा, विचार, मन, बुद्धि, विवेक अनि निडरता जस्ता अनेकन विषयको केन्द्र हो मस्तिष्क । यदि मस्तिष्क आफै कुनै समस्या या रोगले ग्रसित हुनथाल्यो र पहिलाको जस्तो सामान्य मानिसले गर्ने व्यवहार गर्न नसकेको अवस्था देखियो या महशुष भयो भने मानसिक रोगीको रुपमा व्याख्या गरिएको छ । अथवा बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदि जस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई मानसिक रोग भनिन्छ ।

मानसिक रोगहरु धेरै प्रकारका हुन्छन् । हरेक खाले रोगका फरक फरक लक्षणहरु हुन्छन् । यो रोग लागेपछि व्याक्तिको स्वभाव, बानी र ब्यवहारमा परिवर्तन देखापर्न थाल्छ । उसले पहिले कहिल्यै नगरेका अनौठा कृयाक्लाप देखाउन थाल्छ । हामीले मान्दै आएका परम्परा, रीतिरिवाजसँग उसका नयाँ व्यवहार मेल खादैनन् । समाजका अरु मानिससँग राम्रो सम्बन्ध राख्न रोगीले सक्तैन । नयाँ केहि काम र सहयोग हुन छाड्छ । उसले आफैलाई मलाई के भइरहेको छ भनेर पनि निक्र्यौल गर्न सक्दैन । यस्ता अनेकन लक्षणहरुलाई आधुनिक चिकित्सा विज्ञानले केन्द्रीय स्नायु प्रणालीको खरावीबाट हुने मानसिक रोग भन्ने गरेको छ । यस्ता रोगीको संख्या संसारभरमा १५ प्रतिशत रहेको आँकडा छ । मानिस स्वस्थ रहन, मानविय कार्यमा लागिरहन सर्वप्रथम मानसिक रुपमा त्यसपछि शारीरिक रुपमा अनि सामाजिक रुपमा पनि स्वस्थ र प्रशंसनीय हुनुपर्दछ ।

विभिन्न प्रकारका मानसिक रोगका भिन्ना भिन्नै लक्षणहरु भए पनि केहि साझा लक्षणहरु हन्छन् । शारीरिक विरामीहरुमा जस्तै मानसिक विरामीहरुमा पाइने साझा लक्षणहरुमा काम गर्न मन नलाग्ने, सुतिरहन रुचाउने, कोही धेरै र ठूलो स्वरमा बोल्ने त कोही कम बोल्ने, चाडो रिसाउने, खुसी हुन नसक्ने, खान खान, घुम्न जान नरुचाउने, साथीभाईसँग टाढा रहने, नुहाउन, सफासुँघर रहन मन नपराउने, बोल्दा आँखामा आँखा जुधाएर बोल्न नसक्नु, हात काम्नु, अनावश्यक डराउन थाल्नु, निद्रा नलाग्नु, झोक्राएर वस्नु, एक्कासी डराउनु या बेहोस हुनु, विद्यार्थी भए पढाई कमजोर हुँदै जानु, कर्मचारी भए एकाग्रता र काममा लगाव अनि डिलिङ पावरमा कमी आउनु, सधै मान्दै आएका या परम्परा भन्दा फरक कुरा गर्नु जस्ता केही लक्षण मानसिक रोगका हुनसक्छन् ।

यसरी नै केहि मानसिक रोगका लक्षणहरु भने प्रष्टसँग देख्न पाइन्छ । जस्तै विरामीले दैनिक गर्दै आएका काम गर्न छाड्नु या गरे पनि पूरा नर्गनु । काम उल्टो सुल्टो गर्नु, झर्किनु या चाडै रिसाउनु । अरुले भनेको नमान्नु या एकोहोरो बोलीरहनु । आफन्तले सम्झउदा या भन्दा पनि नपत्याउनु । आप्mनै भनाई र कुरालाई मात्र सही मान्न थाल्नु, एक्लै बसेर बोलीरहनु या गाली गलौज गर्नु, अरुमाथि अनावश्यक शंका गर्नु या दोष देखाउनु, विभिन्न कुराहरुको भ्रममा पर्नु, हेर्दा ठक्कै लागे पनि भित्र भने शंका अनावश्यक व्यवहार अनि मान्यता राख्नु जस्ता लक्षणहरु प्राय कडाखाले मानसिक रोग (साइकोसिस)का लक्षणहरु हुन् । यस्ता रोगीले आफुलाई मानसिक रोग लागेको छ भन्ने थाहा पाउँदैन, कसैले भन्यो भने पनि विश्वास गर्दैन् । अरुले थाहा पाएर जचाउँन लैजादा पनि विश्वास गर्दैन । औषधी खान पनि मान्दैन । यो भनेको निक्कै जटिल अवस्था हो ।

सामान्य प्रकारको मानसिक रोग भएका मानिसमा यस्ता लक्षण देखिन्छन् । चाडै गल्ने, काम गर्न मन नगर्ने । निद्रा कम लाग्ने या नलाग्ने । धेरै नबोल्ने, नयाँ कुरामा या पुरानै कुरामा पनि रुचि नराख्ने, खाना नरुच्ने । मनमा एउटै कुरा खेल्ने, भ्रम जस्तै कतैबाट अनौठो आवाज आएको महशुस हुन्े । कसैले बोलाएको या अनावश्यक डर आदि लक्षण लामो समय रहेमा र बेलैमा उपचार नभएमा विरामी विस्तारै डिप्रेसनतिर जान्छ । यस्तो अवस्थामा सबैभन्दा धेरै डर विरामीले आत्महत्या गर्ने हुनसक्छ । यस्तो प्रकारको मानसिक रोगमा घर परिवारका सदस्य, आफन्त र छरछिमेकी अनि साथीभाइको ठूलो भूमिका रहनुपर्छ । बेलैमा सहि उपचार पाएमा रोग निको हुन्छ । आजकल समाजमा यस्ता रोगी धेरै देखिएका र आत्महत्या गर्नेहरुको संख्या बढीरहेको छ । यसरी डिप्रेसनमा परेर आत्महत्या गर्नेहरु कित युवा युवती, कित प्रौढ वढी हुने गर्छन् । एक पटक आप्mनो पढाई, व्यापार व्यवसायमा या प्रेममा असफलता मिल्ने वित्तिकै मानिस एकोहोरिन थाल्छ । बोलचालमा कमी आउन थाल्छ । अर्को पेशा अपनाउन चाहेन भने, नकारात्मक सोच धेरै आउँन थाल्यो भने बेलैमा ध्यान दिनुपर्छ । यो बेला असल व्यवहार, सही उपचार र काउन्सिलिङको आवश्यकत हुन्छ । यसमा विरामी स्यमले आफुलाई काबुमा राख्न सक्दैन । यस्तो अवस्थामा परिवारका सदस्य र मानसिक चिकित्सकको आवश्यकता पर्दछ । औषधी सुरु गरिसकेपछि पनि विरामीको झनै निगरानी र साथ चाहिन्छ । औषधीले काम गर्न केहि समय लाग्ने या धेरै निद्रा लाग्ने हुँदा रोगी, निदाइरहने, झनै डराउने र आत्महत्या गर्न पनि सक्ने हुन्छ । त्यसैले पनि अरु केही समय साथ, सहयोग, हौषला अनि माया ममताको आवश्यकता पर्दछ ।

डिपे्रसनबाट बच्न अस्वस्थ जीवनशैली र मानसिक तनाव कम गर्न लाग्नुपर्छ । उसले यसो गर्यो मेरो भएन भन्दा पनि म सक्छु भन्नेतर्फ ध्यान लगाउनुपर्छ । समयमा सुत्ने, उठने, खाने जस्ता कुरामा ठूलो महत्व हुन्छ । काममा हुने तनावलाई सामान्य रुपमा लिनुपर्छ । लगातार काम भए विचमा फ्रेस हुने, घुम्न जाने गर्नुपर्छ । बजारे खाना, मधपान र अस्वस्थ्यकर खानापानीबाट बच्नपर्छ । जिवनशैली सक्रिय र सामाजिक बनाउनु पर्छ । पछिल्लो अध्ययन अनुसार साइलोसाइबिन नामक तत्वले डिप्रेसन हुनबाट धेरै मात्रामा रोक्छ र भएकालाई पनि फाइदा गर्छ । यो तत्व केही मात्रामा च्याउमा पाइन्छ । सबै होइन केही प्रजातिका च्याउमा मात्र यो तत्व पाइन्छ । त्यसैले च्याउ खानु स्वास्थवर्धक मात्र नभएर डिप्रसनसँग लड्न पनि सघाउँछ । यसरी नै ओखर, हाडे बदाम आदि फल हो जसले डिप्रेसन हुनबाट बचाँउछ भने पौष्टिक तत्वले पूर्ण पनि हुन्छन् ।

एक प्रकारको मानसिक रोगमै पर्छ अचानक बेहोस हुने या छारे रोगी । शरीर काम्ने या अचानक धामी जस्तो काम्ने, बर्बराउने, बेहास भएर ढल्ने, मुख वाधिने या र्याल काढने, पटक पटक बेहोस हुने जस्ता लक्षण देखिने गर्छ । यस्ता लक्षणहरुमा देवी देवता रिसाएको, कथित बोक्सी लागेको या जंगली लागेको भन्ने मान्यता आज पनि समाजमा छ । यसका कारण मानसिक विरामीले अनेक प्रकारका यातना पनि पाइरहेका छन् । जस्तै, खोरमा थुनेर राख्ने, उपचार नगराएका कारण बेहासीमा लडेर चोटपटक लाग्ने, समाज या घरमा नै आफन्तबाट राम्रो व्यवहार नहुने, पोषिलो खानेकुरा नदिइने, समाजले गिज्याउने जस्ता मान्यता र व्यवहारले विश्वमा आज पनि धेरै बालबालिका, एकल महिला, कमजोर आर्थिक अवस्था भएका र शिक्षाको कमि भएका मानिसको विकराल अवस्था देख्न र सुन्न पाइन्छ । यस्ता खाले मानसिक रोगीको उपचार गराएमा सहज जीवन जीउन सक्छन् ।

एन्जाइटी डिसअर्डर: अर्को मानसिक समस्या हो । यस्ता विरामीलाई अनावश्यक डर लाग्ने, तर्सिने, विनाकारण झसंग हुने, सास फेर्न गाह्रो हुने, पसिना आउने हुन्छ । यसरी नै निद्रा नलाग्ने, छटपटी हुने, कामको बेलामा विभिन्न खालका डर महशुस हुने हुन्छ । यस्ता विभिन्न लक्षणहरु देखिएमा विरामीलाई उचित उपचार गर्नुपर्छ । उपचारपछि यी लक्षणहरु हराएर जान्छन् ।

यसरी नै मानसिक सन्तुलन गुमाएका मानसिक विरामीहरु ठूलो स्वरमा बोल्ने, अत्यधिक रिसाउने, तोडफोड गर्ने, अनावश्यक शंका गर्ने र घमण्डी देखिने हुन्छन् । कानमा कुनै किसिमको आवाज सुन्नु जो निरर्थक हुन्छ । यती या यस्ता लक्षण हुँदा पनि विरामीले म मानसिक विरामी छु भन्ने नपत्याउने अवस्था मानसिक असन्तुलन गुमाएको कडा खाले रोगको अवस्था हो ।

समाजमा देखिएको अर्को समस्या हो केहि मानिसमा अनावश्यक रुपमा चिन्ता लिने र डराउने । यस्ता समस्याका कारण रातमा निद्रा नलाग्ने या गहिरो निद्रा नलागेपछि धेरै सपना देख्ने । सपना डराउने प्रकृतिका देख्ने । सधै रोगी भएको महसुस गर्ने । एकपछि अर्को अस्पताल र डाक्टर फेरिरहने । कसैका कुरामा पनि विश्वास नगर्ने प्रकारका रोगलाई न्युरोसिस भनिन्छ । यस्ता विरामीलाई मनबाट विरामी छु भनेर हटाउन धेरै कठिन हुन्छ । यसमा औषधी भन्दा पनि काउन्सिलिङको आवश्यकता पर्छ । विरामीमा उत्साह र पे्ररणाको आवश्यकता पर्छ । यसैसँग जोडिएको रोग हो बेहोसीपना या बेहोस भए जस्तो गरेर सुत्नु, बेहोसीमा बोल्नु, कराउनु, दाँत किट्नु, हातखुट्टा कडा पार्नु, जिब्रो या ओठ टोकिनु जस्ता लक्षण देखिए पनि ठिक भएको अवस्थामा सामान्य हुने गर्छन् । यस्तो समस्या भने कमजोर मन भएका, अर्काको साहारमा बाँचेका या निर्भर रहनेमा हुन्छ अनि अपरिपक्व मन भएका तर उनीहरुको चाहना भने आप्mनो प्रसंसा होस भन्ने रहन्छ ।

 मानसिक रोग र रोगी भनेको धेरैजसो हामी आफैले उत्पन्न गरेको या गराइएको समस्या हो । वंशानुगत गुण, पारिवारिक वातावरण, कलह, अचानक नसोचेको पीडा या डर आदि कारण हुन् । यस्ता समस्याहरुले विरामीमा मात्र नभएर परिवार र समाजलाई नै असर गरिरहेको हुन्छ । नराम्रो प्रभाव य नकारात्मक भावनाको विकास गराइरहेको हुन्छ । धेरै जसो मानसिक समस्या परिवारको माया, विरामीलाई हेर्ने दृष्टिकोण अनि काउन्सिलिङ बाट नै राम्रो गर्न या बनाउन सकिन्छ । विरामी व्याक्तिको चाहना, उसको डर, भावना र आवश्यकतालाई वुझनुपर्छ । एकोहोरो दबाब र अभद्र व्यवहारका कारण पनि धेरै मानिसहरु मानसिक समस्यामा र डिप्रेसनका सिकार भएका हामीले गाउँघरमा देखिरहेका छौ । परिवारको अनावश्यक माग आधुनिकताका नाममा फजुल खर्च अनि देखावटीमा धेरै पैसा खर्च गर्ने, लागुपदार्थ सेवन, बैदेशिक रोजगारीका कारण परिवारमा आएको अविश्वास, पढाइमा अब्बल हुन नसक्दा पविारको दबाब जस्ता धरै कारणबाट आजकल मानसिक रोगी वढदै गएको पाइएको छ । यसमा कतिले त आत्महत्या नै गरेको देख्न र सुन्न पाइन्छ । यसको निराकरणका लागि हरेकले आ–आप्mनो ठाउँबाट पहिला आफुलाई हेर्ने, आप्mनो काम र परिवार प्रति के भइरहेको छ, कसबाट कस्तो व्यवहार भइरहेको छ, केटाकेटीको चाहना र आवश्यकता के हो र आवश्यकता, रहर अनि विलासितामा ध्यान दिनुपर्छ । आजकलका केटाकेटीको चाहना र आवश्यकता पुरानो पुस्ताको भन्दा फरक छ । छोराछोरीलाई आमाबाबु या आफन्तले समय अनुसारको व्यवहार र आवश्यक कुराको पूर्ति गर्ने । अनावश्यक कुरा या चाहनाको बुझएर, सम्झाएर निरुत्साहित गर्नुपर्छ । आप्mना सन्तान या भाईबैनीसँग साथीको जस्तो व्यवहार गर्नु राम्रो हुन्छ । आफुमा रमाउन सिक्ने, अरुको प्रगतिमा दुखी होइन खुसी हुन सिक्ने । आज नभएको पैसा भोली हुनसक्छ, आज नभएको खुसी भोली ल्याउन सकिन्छ भन्ने सकारात्मक सोचाई राख्ने । त्यही अनुसारका व्यवहार नै मानसिक रोगलाई आउन नदिने सबै भन्दा राम्रो उपाय हो ।

अर्को तर्फ समयानुकुल शारीरिक र बौद्धिक विकास हुन नपाएका केटाकेटीको बुद्धिको विकास ढिलो हुन्छ । र, यस्ता बच्चा बच्चीको बोली ढिलो फुट्छ, हिँडन पनि ढिला हुन्छ । उनीहरुको भाषामा पनि कमै विकास भएको हुन्छ । यस्ता बालबालिकाले आप्mना उमेरका साथीसँग प्रतिस्पर्धा गर्न सक्तैनन् । यस्ता बालबालिकालाई अरु सामान्यलाई भन्दा धेरै माया र रेखदेख चाहिन्छ । कमी कमजोरी देखिने वित्तिकै देखि उपचार र डाक्टरको सल्लाह बमोजिमको औषधी र मनोबैज्ञानिक उपचारको पनि आवश्यकता पर्छ । हाम्रो जस्तो अविकसित देशमा यस्ता बालबालिकाले धेरै कस्ट सहिरहेका हुन्छन् । आज पनि कति आमा बुबाले नचाहेर पनि घरमा थुनेर या डोरीले बाधेर या खोरमा राखेर आप्mनो रोजगारीमा जानुपर्ने वाध्यता रहेको छ । यस्ता रोग या समस्या भने गर्भावस्था या जन्मेपछिको अवधिमा लाग्ने रोग र खराबीले हुनेगर्छ । यस्तो अवस्थालाई सुस्त मनस्थिति भनिन्छ । यो रोग भन्दा पनि अरु नै रोगको असर भएकाले उपचार सँगै रोकथाममा पनि ध्यान दिनुपर्छ ।

यसरी नै हाम्रो समाजमा नसालु पदार्थ जस्तै रक्सी, भाङ, धतुरो अनि औषधी जन्य पदार्थ र अखाध्य वस्तु सेवन गर्ने कुलतले केवल उनीहरुको मात्र नभएर परिवार र समाजलाई नै असर गरिरहेको हुन्छ । यस्ता मानिसहरुलाई लागुपदार्थ सेवनबाट हुने असर र घर परिवारमा पर्ने सम्भावित घटनाको पनि ख्याल गर्नुपर्ने हुन्छ । घरमा सधै जसो भइरहने झै झगडा, शारीरिक र मानसिक पीडाका कारण घरका अन्य सदस्यलाई पनि मानसिक समस्या देखापर्न सक्छ । यस्तो अवस्थामा विभिन्न प्रकारले उपचार र काउन्सिलिङ गर्नुपर्ने देखिन्छ । यसरी नै हिन भावना भएका र अर्काको प्रगतिमा अनावश्यक सोच र क्रियाकलापका कारण पनि मानसिक समस्या आउन सक्छ । यस्तै गर्भवती महिलले बच्चा जन्माई सकेपछि या बच्चा पेटमा हुँदा देखि नै मानसिक समस्या बेहोर्नु पर्ने र आइलाग्ने हुनसक्छ । धेरै महिलाहरु पीडित भएको गाउँघरमा देख्ने गरिन्छ । यसमा सबैभन्दा धरै छोरी जन्मिएका कारण महिलालाई दिइने शारीरिक र मानसिक यातना जस्ता समस्याको पनि बेलैमा उपचार र काउन्सिलिङको आवश्यकता पदर्छ । कहिले काहि बच्चा जन्मिएपछि आमलाई एक प्रकारको मानसिक समस्या देखापर्छ । जस्तै बच्चाको राम्रो हेरचाह नगर्ने स्तन चुसाउन नचाहने, बच्चालाई माया नगर्ने, खान पनि राम्रोसँग नखाने, निद्रा नलाग्ने कम बोल्ने, या चाडै रिसाउने, अनावश्यक डराउने या आप्mनो बच्चा कसैले लगिदिन्छ भन्ने जस्ता लक्षण पनि मानसिक समस्या हुन् । यस्ता लक्षण देखिएमा तुरुन्तै उपचार गराएमा ठिक हुन्छ ।

 मानसिक रोग र रोगी भनेको धेरै जसो हामी आफैले उत्पन्न गरेको या गराइएको समसया हो । वंशानुगत गुण, पारिवारिक वातावरण, कलह, अचानक नसोचेको पिडा या डर आदि कारण हुन् । यस्ता समस्याहरुले विरामीमा मात्र नभएर परिवार र समाजलाई नै असर गरिरहेको हुन्छ । नराम्रो प्रभाव य नकारात्मक भावनाको विकास गराइरहेको हुन्छ । धेरै जसो मानसिक समस्या परिवारको माया, विरामीलाई हेर्ने दृष्टिकोण अनि काउन्सिलिङ बाट नै राम्रो गर्न या बनाउन सकिन्छ । विरामी व्याक्तिको चाहना, उसको डर, भावना र आवश्यकतालाई वुझनुपर्छ । एकोहोरो दबाब र अभद्र व्यवहारका कारण पनि धेरै मानिसहरु मानसिक समस्यामा र डिप्रेसनका सिकार भएका हामीले गाउँघरमा देखिरहेका छौ । परिवारको अनावश्यक माग आधुनिकताका नाममा फजुल खर्च अनि देखावटीमा धेरै पैसा खर्च गर्ने, लागुपदार्थ सेवन, बैदेशिक रोजगारीका कारण परिवारमा आएको अविश्वास, पढाइमा अब्बल हुननसक्दा परिवारको दबाब जस्ता धरै कारणबाट आजकल मानसिक रोगी वढदै गएको पाइएको छ । यसमा कतिले त आत्महत्या नै गरेको देख्न र सुन्न पाइन्छ । यसको निराकरणका लागि हरेकले आ–आप्mनो ठाउँबाट पहिला आफुलाई हेर्ने, आप्mनो काम र परिवार प्रति के भइरहेको छ, कसबाट कस्तो व्यवहार भइरहेको छ, केटाकेटीको चाहना र आवश्यकता के हो र आवश्यकता, रहर अनि विलासितामा ध्यान दिनुपर्छ । आजकलका केटाकेटीको चाहना र आवश्यकता पुरानो पुस्ताको भन्दा फरक छ । छोराछोरीलाई आमाबाबु या आफन्तले समय अनुसारको व्यवहार र आवश्यक कुराको पुर्ती गर्ने । अनावश्यक कुरा या चाहनाको बुझएर, सम्झाएर निरुत्साहित गर्नुपर्छ । आप्mना सन्तान या भाईबैनीसँग साथीको जस्तो व्यवहार गर्नु राम्रो हुन्छ । आफुमा रमाउन सिक्ने, अरुको प्रगतिमा दुखी होइन खुसी हुन सिक्ने । आज नभएको पैसा भोली हुनसक्छ, आज नभएको खुसी भोली ल्याउन सकिन्छ भन्ने सकारात्मक सोचाई राख्ने । त्यही अनुसारका व्यवहार नै मानसिक रोगलाई आउन नदिने सबै भन्दा राम्रो उपाय हो ।

मानसिक रोग विशेष गरेर रोगीका लक्षण, उसका स्वभावबाट र व्यवहारबाट थाहा पाउन सकिन्छ । होमियोप्याथिक उपचार पद्धतीमा लक्षण, स्वभाव र चिह्नको धेरै महत्व हुन्छ । अर्थाथ होमियोप्याथिक उपचार भनेकै मुख्य गरेर लक्षण र चिह्नका आधारमा गरिने उपचार भएका कारण विरामीलाई अनेक प्रकारका परिक्षण गर्नुपूर्व नै औषधी सुरु गर्न र राहत दिन सकिन्छ । आवश्यक लागेमा केहि परिक्षणहरु गराउन सकिन्छ जस्तै इइजी, सिटी स्क्यान आदि । होमियोप्याथिक उपचारमा मुख्य कुरा भनेको रोग हुने कारण जस्तै अचानक परेको दुःख, परिवारका सदस्य गुमाउनु पर्दाको असर, कसैबाट अपहेलित या अपमान सहनु परेको अवस्था, धनसम्पती आदिको क्षय, अचानक डराएको कारण आएको समस्या, निद्रामा डराउने समस्या, परिक्षमा फेल भएका कारण सुरु भएको भए जस्ता अनेक कारणलाई औषधी चयनको आधार बनाइन्छ । यसमा विरामीको स्वभाव, भावना, सपना, खानेकुराको इच्छ, परिवारिक रोग जस्ता अनेकन कुराको सिमिलारिटामा औषधी दिइने हुँदा रोगीलाई कुनै प्रकारको कुप्रभाव नहुने र चाडै रोगी निको हुँने भएकाले होमियोप्याथिक उपचार मानसिक रोगीकालागि पनि उत्तिकै महत्वको भएको पाइएको छ । जस्तै अचानक डराएका कारण समस्या देखिएमा पहिलो औषधि एकोनाइट हो । क्रमश अरु लक्षण देखिएमा लक्षण अनुसार अन्य औषधि दिइन्छ । आफुले धेरै भन्न्न चाहेको तर अचानक विर्सिएमा या विर्सिने समस्या देखिएमा एनाकार्डियम । धारिलो वस्तु देखि डराउने भएमा एलिुमिना । मानसिक छटपटी वढी देखिएमा, डराएमा  मृत्यु भय) र अत्यन्तै कमजोरी देखिएमा आर्सेनिकम एल्बम । आप्mना हातखुट्टा काठका बनिएका र हिँडदा भाचिने भान भएमा या पेटमा बच्च्चाको टाउको जस्तो भान भएमा थुजा । फिक्स माइन्ड भएमा अथवा एउटै कुराको डर भएमा या त्यही कुरा आइरहेमा साइलेसिया । परिवारका सदस्यसँग विस्वास घटदै गएमा या उनीहरुले आप्mनो हेरचाह गर्दैनन भन्ने कुरा बारबार आएमा सिपिया । एकोहोरो ठूलो स्वरमा डाकरी रहेमा र कमजोरी वढेर गएमा अर्जेन्टम नाइट्रिकम । निद्राको कमी भएमा र ज्यादै रिसाउन थालेमा नक्स भोमिका । मानिस एकोहारिन थालेमा कम बोल्ने गरेमा र एक्लिने गरेमा र रुने धेरै गरेमा नेट्रम म्युर । यसरी अनेक मानसिक लक्षणका आधारमा होमियोप्याथिक उपचार गरिने हुँदा विना कुप्रभाव र विना ठूलो खर्च उपचार सम्भव हुन्छ । त्यसैले नेपाल सरकारले पनि यो चिकित्सालाई सरकारी स्तरमै हरेक स्थानमा स्वास्थ्य सेवा उपलब्ध गराउन सके आम नागरिकले राहत पाउने छन् । 

समाजमा देखिएको अर्को समस्या हो केहि मानिसमा अनावश्यक रुपमा चिन्ता लिने र डराउने । यस्ता समस्याका कारण रातमा निद्रा नलाग्ने या गहिरो निद्रा नलागेपछि धेरै सपना देख्ने । सपना डराउने प्रकृतिका देख्ने । सधै रोगी भएको महसुस गर्ने । एकपछि अर्को अस्पताल र डाक्टर फेरिरहने । कसैका कुरामा पनि विश्वास नगर्ने प्रकारका रोगलाई न्युरोसिस भनिन्छ । यस्ता विरामीलाई मनबाट विरामी छु भनेर हटाउन धेरै कठिन हुन्छ । यसमा औषधी भन्दा पनि काउन्सिलिङको आवश्यकता पर्छ । विरामीमा उत्साह र पे्ररणाको आवश्यकता पर्छ । यसैसँग जोडिएको रोग हो बेहोसीपना या बेहोस भए जस्तो गरेर सुत्नु, बेहोसीमा बोल्नु, कराउनु, दाँत किट्नु, हातखुट्टा कडा पार्नु, जिब्रो या ओठ टोकिनु जस्ता लक्षण देखिए पनि ठिक भएको अवस्थामा सामान्य हुने गर्छन् । यस्तो समस्या भने कमजोर मन भएका, अर्काको साहारमा बाँचेका या निर्भर रहनेमा हुन्छ अनि अपरिपक्व मन भएका तर उनीहरुको चाहना भने आप्mनो प्रसंसा होस भन्ने रहन्छ ।

मस्तिष्क हाम्रो टाउँको भित्र सुरक्षित हुन्छ । कोमल, मुलायम अनि बाहिरबाट देख्न नसिकिने कडा हड्डीहरुको खोलभित्र रहेको मस्तिष्कमा अनेकन न्युरोन(विशेष प्रकारका कोष)हरुको समूह हुन्छ । शरीरको अन्य अङ्ग भन्दा धेरै रक्तसंचार हुने, धेरै पौष्टिक तत्व अनि ग्लुकोज चाहिने मस्तिष्क पाँच भागमा विभाजन गरिएको हुन्छ । ठूलो मस्तिष्क, मध्य मस्तिष्क, सानो मस्तिष्क, मस्तिष्क सोतु, र सुसुम्ना शिर्षक । हरेक अंगको आ–आप्mनै काम हुन्छ भने एकले अर्काको सहयोग र समझदारी(कोअर्डिनेसन)मा काम गरिरहेका हुन्छन् । मष्तिष्क भित्र निस्कने अनेकन प्रकारका रसराग अनि न्युरोट्रान्समीटरले शरीरका हरेक अंगमा भइरहेका कार्यहरुको जानकारी मस्तिष्कमा लगिरहेका हुन्छन् । कानले सुनेका, आखाले देखेका, मनमा उव्जेका तरग या सोच, माया, प्रेम, सहयोग, बोली बचन, काम अनि सदभाव, घटनाको मुल्याकंन जस्ता विषयमा सही काम गरिरहेका हुन्छन् । यो प्रकृतिको उपहार हो । जसले गर्दा हामी पशु भन्दा माथि छौं । माथि भनिएका विषय भन्दा अन्य धेरै विषयहरु हाम्रो मस्तिष्कले चलाइरहेको हुन्छ । जसको हामीले अनुभुति नगरिरहेका हुन्छौं । तर जब हाम्रो मस्तिष्कले केही असहज महशुष गर्न थाल्छ, उसको नियमित कार्यमा व्यवधान आउन थाल्छ तब हामीले गर्ने दैनिक कार्यमा केहि असहजता, फरक पना, असर्मथता, बोली बचन अनि व्यवहारमा परिवर्तन, दैनिक कार्यमा पहिलेको जस्तो इच्छा शक्तिको कमी, खनापीनमा कमी या बेसी, यौन, निन्द्रा आदिमा फरक या अनौठा लक्षणहरु देखापर्न थाल्नु मानसिक समस्याको सुरुवात हुनु हो । यस्तो अवस्थामा सम्बन्धित व्यक्तिलाई मानसिक या शारीरक समस्या अथवा रोग भन्ने जानकारी लिनु र जचाउँनु आवश्यक हुन्छ ।

विर्सिने रोग(डिमेन्सिया) :

डिमेन्सिया अथवा विर्सने रोगलाई अल्जाइमर पनि भनिन्छ । तर अल्जाइमर नै डिमेन्सियाको सबै कारण भने होईन । डिमेन्सियालाई मानिसहरु मानसिक रोगसँगै मिसाएर हेर्ने गर्छन । तर, यो रोग भनेको विशेष गरेर बुढेसकालमा देखापर्ने एक प्रकारको समस्या हो । दिमागमा भएका असख्य कोष(न्युरोन) मध्ये केहि न्युरोन या मस्तिष्कको सानो भागले स्मरण शक्तिलाई कायम राख्न नसकेको अवस्था हो । यो अवस्था भनेको निक्कै पिडादायी अवस्था हो डिमेन्सिया मानसिक रोग नभएर एक प्रकारको मस्तिष्कको असहज अवस्था हो । कारणहरु उमेरसँगै मस्तिष्क कोषहरुमा कडापन देखापर्ने र आकारमा खुम्चिने हुन्छ । यसको प्रमुख कारण मस्तिष्क कोषहरुलाई चाहिने आवश्यक पौष्टिक तत्वको र रक्त सञ्चारको कमी हुनु हो । साथमा निस्क्रिय जीवाशैली एउटा कारण हो । विभिन्न रोगका कारण लगातार औषधीको सेवन, लामोे समयसम्म तनावमा रहनु । निद्रा नलाग्नु, मस्तिष्क घात, उच्च रक्तचाप, पटक पटक टाउँकामा चेट लग्नु, पौष्टिक खानेकुराको कमी, लामो समयसम्म एक्लो हुनु या परिवारमा रहेर पनि एक्लै भएको महशुस गर्नु, अल्कोहल जन्य पदार्थको अत्यधिक सेवन, कुनै प्mयाक्ट्रीमा जस्तै ग्याँस, कोइला या अन्य रासायनिक क्षेत्रमा काम गर्नु । यस्ता धेरै कारणहरुले विर्सिने रोग लाग्ने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।

लक्षणहरुः आप्mनो दैनिकीमा क्रमस असहजता या कठिन हुँदै जनु, अहिले गरेको काम के भनेर विर्सिनु या के गर्न गएको भन्ने नै विर्सिनु, बाटो कता या सधै हिँडेको बाटो विर्सनु, काम गरेकै भए पनि गरे गरिन भनेर सम्झिन नसक्नु, कन्फिडेन्स गुमाउदै जानु, अफिसमा या अध्यापनमा भए राम्रो परफरमेन्स देखाउन नसक्नु । परिवारजनको नाम के, या आप्mनै नाम विर्सनु, परिवारका सदश्यलाई नचिन्नु, खाएको कुरा विर्सनु र खाएकै छैन् भन्नु । अझ विरामले च्याप्दै लैजादा दिसा पिसाव ठाउँमा जानुपर्छ भन्ने नै विर्सनु । अझ अवस्था जटिल हुँदै जादा दिसा पिसाव हातमा खेलाउनु जस्ता अपत्यारिला तर सत्य अवस्थाहरु विरामीमा देखिन सक्छन् । यो अवस्थामा विरामी व्याक्तिलाई केहि थाहा हुँदैन । उसले जानीजानी गरेको हुँदैन् । उसको सोच्ने, सम्झिने, यो गर्नु हुँदैन भन्ने कुरा नै दिमागले दिसोवोध गर्न सक्तैन । यस्तो अवस्थामा विरामीलाई दोस देखाउनु हुँदैन । किनकी उसलाई चलाउने मस्तिष्कले नै काम गरिरहेको हुदैन् । उसलाई माया र रेखदेखको आवश्यकता हुन्छ । पौष्टिक खानेकुराको आवश्यकता पर्छ । पौष्टिक खानेकुराले मस्तिष्कलाई अरु कमजोर हुनबाट बचाउँछ र रोग अरु वढेर जादैन् ।

उपचार : विर्सने रोगबारे धेरै अध्ययन र अनुसन्धान भए तर पनि यस अवस्थाको पूर्ण उपचार या औषधी पत्ता लाग्न सकेको छैन् । त्यसैले यो अवस्थामा घरपरिवारका सदस्यले सकारात्मक भएर विरामीलाई रमाइला कुरा गरेर हसाउँने, हिँड्नसक्ने भए आफैसँग पहिले हिँडेका ठाउँमा लैजाने, पुराना साँथीसँग भेट गराउने, पहिलेका कुरा गर्ने । जसले गर्दा केहि कुराहरु सम्झिने र विरामीमा केहि सुधार हुने सम्भावन रहन्छ । विरामीमा अन्य कुनै रोग भए समयमै उपचार गर्ने । विरामीलाई सफासुघर राख्ने, अगाडी सुन्दर फुल, हसिला उनकै या परिवारका फोटा राख्ने ताकी उनले आप्mना सन्तान चिन्न सकुन, आफुलाई चिन्न सकुन । किनभने डिमेन्सिया धेरै मानसिक रुपमा पिडादायी अवस्था हो । मानिसले आफैलाईसम्म विर्सिएपछि कति पिडा हुन्छ घर परिवार र आफन्तमा । हो, परिवार समाज र आफन्त जनमा यस्तो देखिन्छ भने सक्दो सहयोग गर्नुपर्छ । परिवारका सदस्यलाई सान्तवना र राम्रो व्यवहार गर्न सुझाउनुपर्छ । के थाह भोली आफुलाई पनि पर्नसक्छ । यसका साथै नियमित जाँच र चिकित्सकको सहयोग लिनुपर्छ । अन्य रोग भए औषधी आफैले ख्वाउनुपर्छ । विरामीले त खाने सम्भावना हुँदैन् ।

हरेक कुरामा ख्याल राख्नुपर्छ । कतै हिँडिदिएर हराउने डर पनि रहन्छ । साथमा पोशिला खाने कुरा सम्भव भए हाडे बदाम, ओखर, सक्खर, च्याउ, थोरै घिउ, दुध बेसार ख्वाउनु रोकथामको उपाय हो । लामो अध्यायन र धेरै डिमेन्सिया भएका विरामीमा गरिएको अनुसन्धान अनुसार होमियोप्याथिक औषधी निक्कै उपयोगी देखिएको छ । सम्भव भए चिकित्सकसँग सम्पर्क गरेर अरु औषधीसँगै यो औषधी पनि खुवाउनु पर्छ । यसले अवस्था अरु विग्रीन दिदैन । सामान्य योग, व्यायम, मनोरञ्जन अनि घुम्न जाने या लैजाने बानी गर्नु राम्रो हो । व्यायमले मस्तिष्कमा रक्तसंचार वढन गई विरामीमा सुधार ल्याउन सक्छ । त्यसैले डिमेन्सिया हुनबाट सक्दो बचौँ र बचाऔँ । समान व्यवहार गरौ अनि मानवताको परिचय दिउँ । (लेखक : रीता होमियो क्लिनीक सेन्टर दमकका सञ्चालक समेत हुन् । ) email: dr.lekhnathneupane@gmail.com

Leave a Reply

Your email address will not be published.