
दमक,२७ माघ । दमक- ९ स्थित निम्स नेशनल अस्पतालको अध्यक्षमा उमाकान्त आचार्य चुनिएका छन् । संस्थाको विहिबार भएको बिशेष साधारणसभाले आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ ।
तिन बर्षे कार्यकालका लागी गठित सञ्चालक समितिको उपाध्यक्षमा मन्धरा पौडेल, सचिवमा रोशन विष्ट र कोषाध्यक्ष रमा लिम्बु चयन भएका छन् । यसैगरि सदस्यहरुमा चन्द्रा खड्का भट्टराई, रवि न्यौपाने, नवलचन्द्र गुरागाईं, ईन्द्र बहादुर अधिकारी, लोमस न्यौपाने, घनेन्द्र नेपाल र अनिल सुवेदी चयन भएका अस्पतालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै साधारणसभाले हरि सुवेदीको संयोजकत्वमा महेन्द्र सेडाईं र कमला सुब्बा सदस्य रहेको लेखा समिति समेत गठन गरेको नव निर्वाचित सचिव विष्टले जानकारी दिए । त्यसैगरी संस्थाका पूर्व उपाध्यक्ष जगत बोहरा संयोजक रहेको अनुगमन तथा सल्लाहकार समिति समेत बनाईएको छ । समितिका सदस्यहरु भने सम्योजक बोहराले चयन गर्ने सचिव विष्टले बताए ।
यसैवीच नव निर्वाचित अध्यक्ष आचार्यले यस क्षेत्रका नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन आफुहरु लागी पर्ने प्रतिवद्धता जनाए ।