दमक,२६ माघ । दमककै पूरानो शैक्षिक संस्थाका रुपमा चिनिएको चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले विभिन्न कार्यक्रम गरि अभिभावक दिवस मनाएको छ ।बुधबार स्कूलमा आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई लक्षित गरि मनोरञ्जनसहित गीत,नृत्य तथा खेलकुदका गतिविधि सञ्चालन गरिएको प्रिन्सीपल चन्द्रप्रकाश राईले जानकारी दिए । साथै, अभिभावकहरुवीच मनोरञ्जनात्मक खेलहरु समेत खेलाईएको थियो ।
स्कूलका संस्थापक निर्देशक मनोज राईको अध्यक्षता तथा दमक नगरपालिका शिक्षा शाखा प्रमुख सोमनाथ गुरागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दमक १ का पूर्व वडाअध्यक्ष तारा प्रसाद अधिकारी,अभिभावकहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
स्कूलले आफनो बार्षिक कार्यक्रम अन्तर्गत बर्सेनी विभिन्न कार्यक्रम गरि अभिभावक दिवस मनाउदै आएको छ । प्रिन्सीपल राईका अनुसार कार्यक्रममा कक्षा २ का छात्राहरुले स्वागत नृत्य गरेपछि कक्षा ३ , ४ र ५ का विद्यार्थीहरुले ड्रिल डिस्प्ले, कक्षा नर्सरीदेखि कक्षा ५ का विद्यार्थीहरुले विभिन्न गीतमा सामूहिक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । अभिभावकहरुलाई भने पुरुषतर्फ बल रेस र आइक्यूरेस तथा महिलातर्फ म्यूजिकल चियर,थ्रेड एण्ड निडल रेस,आइक्यूरेस र अतिथिहरुका लागि बाउलिङ खेल खेलाईएको थियो । विभिन्न खेलमा सभागिहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा कक्षा २ का विद्यार्थी सौगात घिसीङले स्वागत मन्तव्य राखेका थिए ।