नेपाल–भारत मैत्री संघ दमक शाखाको नयाँ नेतृत्व

दमक,२६ माघ । नेपाल–भारत मैत्री संघ दमक शाखाको नयाँ नेतृत्व चयन भएको छ । मारवाडी सेवा समितिको सभाहलमा शनिवार सम्पन्न साधारण सभाले दिनेश कुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा रुद्रप्रसाद गौतम, सचिवमा संजिव बराल र कोषाध्यक्षमा घनश्याम खनाल चुनिएका छन् । यसैगरि, सदस्यहरूमा राजेन्द्र प्रसाईं, देवीप्रसाद गुरागाईँ, चन्द्र खत्री, प्रकाश बुढाथोकी , भगवान बस्नेत र रमेश अधिकारी चयन गरिएको हो । संघका अध्यक्ष मुकुन्द उप्रेतीको अध्यक्षतामा भएको साधारणसभा उद्घाटनमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक जेसीजका अध्यक्ष सहदेव भट्टराई, अग्रज व्यवसायी राजु अग्रवाल , लिला गुरागाई,दिलबहादुर बुढाथोकी, बिमल शर्मा लगायतको उपस्थिति रहेको थियो । सभाको बन्दसत्रले संघको आर्थिक तथा सांगठानिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.