जसपा झापाले जिल्लाको पाँचवटै क्षेत्रमा इन्चार्ज र सहइन्चार्ज तोक्यो

झापा,२४ माघ । जनता समाजवादी पार्टी, नेपाल झापा जिल्ला कार्यकारिणी समितिको आज बिर्तामोडमा बसेको बैठकले पार्टी संगठन सुढृढिकरण गर्न विभिन्न निर्णयहरु गरेको छ ।
पार्टी अध्यक्ष दिपेनवाला राईको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठन सुढृढिकरण सम्बन्धी विभिन्न तीन वटा निर्णय गरिएको जनाईएको छ ।
जसअन्तर्गत कार्यालय व्यवस्थापन गर्न जिल्ला कार्यकारिणी सदस्य शिवन सोराली मगरको संयोजकत्वमा जिल्ला कार्यकारिणी सदस्यहरु अर्जुन कुमार राई र कुमार थापा सदस्य रहने गरि ३ सदस्यीय जिल्ला कार्यलय व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै,जिल्ला कार्यकारिणी सदस्य सनम राजवंशीको संयोजकत्वमा जिल्ला कार्यकारिणी सदस्यहरु ज्ञानेन्द्र कुरुम्भङ, जीवन चौहान, नरदिप योङहाङ, कृष्ण कट्टेल सदस्य रहने गरि ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरिएको जनाईएको छ । यसैगरि, बैठकले पार्टी संगठन सुढृण तुल्याउन झापाका पाँचौ वटा निर्वाचन क्षेत्रमा विभागीय इन्चार्ज र सहइन्चार्ज तोकिएको पार्टी अध्यक्ष राईले जानकारी दिए । जसअनुसार क्षेत्र न. १मा पुष्प पौडेल इन्चार्ज, सह ईन्चार्जमा राजकुमार शाह, २ नं क्षेत्रको ईन्चार्जमा अर्जुन कुमार राई,सह ईन्चार्जमा कुमार थापा, ३ नं क्षेत्रको ईन्चार्जमा ध्रुब कुमार श्रेष्ठ र सह ईन्चार्जमा नरदिप योङहाङ चुनिएका छन् । यसैगरि, ४ नं क्षेत्रको ईन्चार्जमा सन्तोष गणेश,
सह ईन्चार्जमा सनम राजवंशी र ५ नं क्षेत्र ईन्चार्जमा धिरेन्द्र सम्बाहाम्फे रसह ईन्चार्जमा भोज कुमार खालिङलाई जिम्मेवारी तोकिएको पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.