दमक,२४ माघ । दमक रेडिमेड कपडा व्यवसायी संघले यहाँ आयोजना गरेको रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ । नमुना वजार क्षेत्रमा शनिवार आयोजना गरिएको रक्तदानमा पूर्वकै अग्रज रक्तदाता राजकुमार श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, ,महिला उपाध्यक्ष संगीता तुम्बापो, द्धितीय उपाध्यक्ष टिका खतिवडा, रेडिमेड कपडा व्यवसायी संघका अध्यक्ष गोविन सेनेहाङ, उपाध्यक्ष शेखर खड्का ,सदस्यहरु मोजन राई, चन्द्र काफ्ले , विजय खतिवडा, सुर्य दर्शन शाकोसका ऋण अधिकृत इश्वर नेपाल लगायतले रक्तदान गरेका थिए । रक्तदान मध्ये श्रेष्ठको यो १३९ औ पटक हो । रेडिमेड कपडा व्यवसायी संघ दमक उद्योग वाणिज्य संघको बस्तुगत संगठन हो ।
सोहि अवसरमा दमक उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई बधाई तथा शुभकामनासहित सम्मान प्रदान गरिएको सचिव योगेश गुरागाईले बताए ।
रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।