दमक ,२५ माघ । दमक मदिरा व्यवसायी संघले मेची डिस्टीव्यूर्टस एशोसियसनका नवनिर्वाचित अध्यक्षसहित दुई जनालाई सम्मान प्रदान गरेको छ । मोरङको पथरीशनिश्चरे -१ भुल्के सिमसारमा शुक्रवार एक कार्यक्रम गरि दमक क्षेत्रका मदिरा व्यवसायीहरुवीच परिचयात्मकसंगै सम्मान तथा बनभोज कार्यक्रम गरिएको हो ।
सम्मानित हुनेमा एशोसिएसनको गत माघ १४ गते सम्पन्न चुनावी बार्षिक साधारणसभाबाट अयक्षमा सर्वसम्मत निर्वाचित राजीव श्रेष्ठ र एशोसिएसनमा माईपश्चिम क्षेत्रकै प्रतिनिधित्व गरि सहसचिवमा निर्वाचित दिनेश मैनाली रहेका छन् ।
उनीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ ,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई , शसस्त्र प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक प्रेम भण्डारी लगायतले सम्मान पत्र प्रदान गरेका थिए । सो कार्यक्रममा मदिरा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष नविन तामाङ, प्रदेशका सल्लाहकार कृष्णप्रसाद दाहाल, प्रदेश सचिव लाल कार्की,इटहरी मदिरा व्यवसायी संघका अध्यक्ष राजेन्द्रकुमार राई ,मेची मदिरा व्यवसायी संघ दमकका पूर्व अध्यक्ष प्रेम पाण्डे, संस्थापक अध्यक्ष भरत चम्लागाई, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक समेत रहेका संघका सचिव तोर्ण बस्नेतले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा मदिरा व्यवसायीहरु ,मदिरा तथा विभिन्न उपभोग्य खाद्य कम्पन्नीका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
वनभोजलाई गोर्खा बु्रअरी सिजी ब्रुअरी ,द नेपाल डिस्टीलरी, नेपाल लिकर्स लगायतका कम्पन्नीले सहयोग पुरयाँएका थिए ।सोहि अवसरमा मनोरञ्जन प्रदान गर्न हण्डीफोर, म्यूजिकल चियर तथा गीत नृत्य लगायतका कार्यक्रम समेत गरिएको उक्त कार्यक्रमका संयोजक अर्पित खड्काले बताए ।