झापा ,२५ माघ । आगामी फागुन १३ गतेदेखि १८ गतेसम्म कोसी प्रदेश खेलकुद महोत्सव हुने भएको छ ।कोसी प्रदेश खेलकुद विकास बोर्डले आगामी फागुन १३ गतेदेखि १८ गतेसम्म चल्ने महोत्सवमा विभिन्न ११ वटा खेलहरूलाई समावेश गर्न लागिएको खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले जानकारी दिए।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने कोसी प्रदेश खेलकुद महोत्सव–२०८१ गर्ने तयारी अन्तिम चरणमा रहेको बस्नेतले जानकारी दिए। प्रतियोगिता विराटनगर र हिमालय माध्यमिक विद्यालय दमक, झापाको खेल मैदानमा खेलहरू आयोजना गर्न लागिएको जानकारी दिए।
महोत्सवमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल , प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता, दौड प्रतियोगिता, कबड्डी, बाघचाल , प्रदेशस्तरीय डोरीतान, प्रदेशस्तरीय टेबलटेनिस , बुद्धिचाल प्रतियोगिता, कराते, तेक्वान्दो, सफ्टटेनिस गरिने बस्नेतको भनाइ छ। महिला भलिबल बाहेकको सबै खेलहरू प्रदेश स्तरीय हुने प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ ।