दमक बहुमुखी क्याम्पसमा २७ जनाको उम्मेद्वारी दर्ता

दमक,२४ माघ । सामुदायिक क्याम्पसका रुपमा प्रदेश १ कै उत्कृष्ठ दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचनमा दोव्वर आकांक्षी देखिएका छन् ।निर्वाचन समिति सदस्य उत्तम भट्टराईका अनुसार ११ जना सञ्चालक समिति सदस्य पदका लागी सोमबार २७ जनाको उम्मेद्वारी परेको छ । त्यसैगरी एक जना लेखा संयोजकका लागी दुई जनाको उम्मेद्वारी परेको छ भने चार जना लेखा सदस्यको लागी तिन जनाको मात्रै उम्मेद्वारी परेको जनाईएको छ ।
सञ्चालक समितिमा रोशन बिष्ट, बिक्रम अधिकारी, हरि नेपाल, बासुदेव भट्टराई, धिरेन सुब्बा लाओती, याम बहादुर लोरिङदेन, पर्शुराम सञ्जेल, नरहरी दाहाल, महेन्द्रा कुमारी लिम्बु, ढुण्डीराज भण्डारी, बेदनिधि गौतम(बेदु), पदम जवेगु, गजेन्द्र निरौला, अम्बिका प्रसाद खनाल, बोधप्रसाद घिमिरे, देउकुमार नेम्बाङ, ईन्द्रमान चाम्लिङ्ग, रहेका छन् । त्यस्तै, सुरेश सुब्बा, शेरबहादुर भट्टराई, गेहनाथ पोखरेल, महेश घिमिरे, भिम प्रसाद पौडेल, मोहन धिमाल, हेमराज सुवेदी, रिता बस्नेत श्रेष्ठ, बिजय प्रसाद बराल र हरि प्रसाद जैसवालको उम्मेद्वारी परेको निर्वाचन समिति संयोजक राम गिरीले जानकारी दिए ।
त्यस्तै लेखा समिति संयोजकमा ईशुराज दाहाल र कुलबहादुर बस्नेत साथै लेखा सदस्यमा ओममाया आङदेम्बे, हरिकुमार सुवेदी र डम्बर पुलामी मगरको उम्मेद्वारी परेको छ । यसरी उम्मेदवारी दिनेहरुमा अधिकांस स्थानीय नेताहरु रहेका छन् ।
निर्वाचन कार्यक्रम अन्तर्गत आज बिहान १० बजे देखि माघ २५ गते अपरान्ह ४ बजे सम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ । त्यसैगरी २६ गते बिहान १० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र फागुन १ गते मतदानको मिति तोकिएको निर्वाचन समिति संयोजक गिरीले जानकारी दिए । मतदानमा क्याम्पस सभाका २ सय १ जना सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published.