घरेलु दमकमा ल्याउन पहल गर्ने संघको निर्णय

दमक,२३ माघ । दमक उद्योग वाणिज्य संघले दमकमा घरेलु तथा साना उद्योग कार्यालय ल्याउन पहल गर्ने भएको छ ।नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले माइपश्चिमका उद्योगी ,व्यवसायीलाई लक्षित गरि घरेलुको कार्यालय ल्याउन पहल गर्ने निर्णय गरेको छ ।
घरेलुको सेवा लिन भद्रपुरसम्म पुग्नु पर्ने बाँध्यता रहेकाले त्यसलाई हटाउन आफनै ठाँउमा सो कार्यालय ल्याउन पहल गर्ने निर्णय भएको संघका तृतीय उपाध्यक्ष रुबल अधिकारीले बताए ।घरेलु कार्यालय स्थापना गर्न स्थानीय तह,प्रदेश सरकारसम्म पहल थाल्ने उनले जानकारी दिए ।
संघको बैठकले गत माघ १ गते दमक ६ स्थित नमुना वजारमा भएको आगजनीको घटनामा पीडित व्यवसायीलाई राहत पुरयाँउन समेत पहल थाल्ने निर्णय भएको अध्यक्ष गोपाल गुरागाईले बताए । संघले राहतका लागि देशैभरिका उद्योग वाणिज्य संघमा पत्राचार गरिएको तथा स्थानीय क्षेत्रमा समेत राहत संकलनका लागि अभियान सञ्चालन गरिने उनले बताए । बैठकले गत माघ ६ गते सम्पन्न दमक उद्योग वाणिज्य संघको निर्वाचन सफल बनाउन सहयोग पुरयाँउने निर्वाचन समिति, सुरक्षाकर्मी,संघका सवै सदस्यहरुमा धन्यवाद दिने तथा हालै मात्र सरुवा भएका इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलीपकुमार गिरीको सम्मानमा भोलि मंगलवार विदाई कार्यक्रम राख्ने निर्णय भएको बताईएको छ । त्यस्तै, संघको पहिलो सोमबार नियमित मासिक बैठक बस्ने समेत निर्णय भएको संघका प्रथम उपाध्यक्ष राजकुमार योङयाले बताए ।

 

Leave a Reply

Your email address will not be published.