
दमक ,२३ माघ । झापा, कमल गाउँपालिका ७ मेमेङ्ग टोल निवासी समाजसेवी , गीतकार शान्ता केरुङले पछिल्लो समय लिम्बू भाषिक ‘लाम्देङबा मिम्जी –१ ’ पालम म्यूजिक भिडीयो वजारमा ल्याएकी छिन् ।
लिम्बू भाषा,संस्कृति संरक्षण तथा सम्बद्र्धन गर्न टेवा पुरयाँउने उनले यूटयूव मार्फत म्यूजिक भिडीयो सार्वजनिक गरेकी हुन् । म्यूजिक भिडीयोको हाङ चेम्जोङले निर्देशन गरेका छन् भने गायकहरु सुमन लिम्बू, निरन्ता नेम्बाङले स्वर दिएका छन् । म्यूजिक भिडीयोको छायांकन पूर्व पहाडी जिल्लामा गरिएको निर्माती केरुङले बताईन् । लिम्बू कल्चर क्रियशनको प्रस्तुतिमा सार्वजनिक गरिएको म्यूजिक भिडीयोले लिम्बू भाषिक गीत,संगीतका पारखीले मन पराउने उनले दावी गरिन् । उनले भनिन्, –‘ पालाममार्फत हराउदै गएको हाम्रो संस्कृति पक्षलाई उजागर गर्न पक्कै टेवा पुग्ने छ’
हाल रोजगारीका क्रममा हङकङ बस्दैआएकी उनले रोजगारीसंगै फूर्सदमा यस्ता सुजनात्मक कार्यमा अनवरत रुपले लामोसमयदेखि कृयाशील रहिआएकी छन् । यसअघि उनले आधा दर्जन जति म्यूजिक भिडीयो समेत निकालिसकेकी छन् ।