मेची–काली उल्टो पदयात्रामा बाँकेका ‘रुपना थारू’

दमक,२३ माघ । मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्कीएका बाँके,कोहलपुर नगरपालिका ७ का ४८ बर्षिय उल्टो पैदलयात्री रुपना थारु आज दिउँसो दमक आई पुगेका छन् ।
श्रीमती सम्झनाको सहयोगबाट थारुले गत माघ २१ गते पूर्वी नाका काकड्भिट्टाबाट महाकालीसम्मको १ हजार बढी किलोमिटर उल्टो पदयात्रामा निस्किएका हुन् । दुई दिनमा उनले करिव ५२ किलोमिटर यात्रा पूरा गरेका छन् ।
सामान्य खेतीपाती गरिआएका थारु दम्पत्ती दैनिक २०,२५ किलोमिटर पैदल हिड्ने अटोठका साथ यात्रामा निस्किएका हुन् । झण्डा,झोलासहित दमकमा भेटिएका पदयात्री थारुले विश्वशान्तिको कामना गदैं आफूले २ महिना भित्रमा महाकाली पुगेर पदयात्रा समापन गर्ने लक्ष्य लिएको बताउँछन् । पूर्वपश्चिम राजमार्गमा उल्टो हिडेर आफनो लक्ष्य पूरा गर्ने आत्मविश्वासमा छन् उनी । उनी भन्छन्, –‘उल्टो हिडेर लक्ष्यमा पुग्न आफैमा कठिन हो, तर पनि दुखी भने विल्कुल छैन् ’
पदयात्रा सुरक्षित बनाउन आफै होशियारी अपनाउँछन् उनी । दिनभरि हिडेपनि साँझ पर्नासाथ बाँस बस्ने बन्दोवस्ती गर्छन् थारु दम्पत्ती । साँझ परेपछि राजमार्गमा सहजै हिड्न सकिदैन श्रीमानलाई बाटो देखाउदै सुल्टो हिडेर सहयोग गरिआएकी छन् । उनको यात्रालाई सहजीकरण गरिआएको श्रीमती सम्झनाको भनाई छ ।
पदयात्री थारुका अनुसार पदयात्रा हिड्दा धेरै कठिनाई हुन्छ । बाटोमा जंगल समेत भएका हुदाँ त्यस्ता ठाउँमा सुरक्षाको बन्दोबस्ती भए सहज हुने उनी बताउँछन् । नगरपालिकाले दिएको सिफारिस कागजपत्र देखाउदै उनले दुई दिनमा राजमार्ग आसपासका ट्र«ाफिक प्रहरीले भने सहयोग पुरयाँएको अनुभव सुनाउछन् । यसरीनै सहयोग पाए पक्कै पनि मेरो यात्रा सहज हुने उनको आत्मविश्वास छ ।
यात्राका क्रममा बाटो आसपासका प्रहरी कार्यालयले खानेबस्ने बन्दोबस्ती गरिआएको बताउदै पदयात्री रुपना भन्छन्, –‘बाटोमा हिड्दै गरेको बेला स्थानीयबाट समेत उतिकै सहयोग,सद्भाव पाएको छु , यस्तै सहयोग पाए आभारी हुने थिए । ’
पदयात्रा हरेक मानिसको आ–आफनो रहर भएपनि यस कार्य भने फरक भएको उनको बुझाई छ । मेरो उद्देश्य सारा पृथ्वी जगतको कल्याणको छ , मनभरि यहि कामना लिएर यात्रारत भएको उनले सुनाए । यात्रा काठमाडौमा पुग्ने र त्यसपछि महाकाली फर्किने तय गरेको समेत उनले बताए । उल्टो हिडेर पशुपतिनाथ मन्दिरको पहिलोपटक दर्शन गर्ने इच्छा भएको भन्दै उनले त्यस लगत्तै महाकालीसम्मको आफनो गन्तव्यमा लाग्ने योजना बताए ।
आफूले यात्राका क्रममा देखेका भोगेका र विश्वशान्तिका सद्कर्मका बारेमा सामान्य भलाकुसारी संगै अनुभव आदानप्रदान गरिआएका छन् । यो यात्राले जीवनलाई सतकर्ममा हिड्न प्रेरणा दिने ठान्छन् उनी । उनी भन्छन् , –‘पूर्वमेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको मेरो देशलाई विश्वभर चिनाउन उल्टो पदयात्राले विश्वभर चिनाउने आशा लिएको छु ’

Leave a Reply

Your email address will not be published.