माटोको ढिस्कोले पुरिएर एनसेलका कामदारको मृत्यु

झापा, २३ माघ । माटोको ढिस्कोले पुरिएर झापाको शिवसताक्षीमा आज दिउँसो एकजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा एनसेलका कामदार सिरहा लाहान बस्ने अन्दाजी बर्ष ३५ का रमेशकुमार यादव रहेका छन् ।

शिवसताक्षी -११ सतासी खोलाको शाखा कल्भर्टमा फाईवर जडान गर्नलाई बनाएको जमिनमुनिको खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा एक्कासि छेउको माटोको ढिस्को भत्किएर उनी पुरिएका थिए ।

घाइते यादवलाई स्थानीयको सहयोगमा एम्बुलेन्सद्वारा दमक अस्पताल दमक लगिएकोमा दिउँसो ३।३५ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.