झापा,२३ माघ। सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ ।
हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ । निगमका अनुसार भारतीय आइल कर्पोरेशनबाट फेब्रुअरी १ मा मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो । निगमका अनुसार अझै पनि आईओसीलाई १६ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।