कांग्रेसद्धारा झापा -५ का सवै पालिकामा निर्वाचन परिचालन समिति

दमक ,२२ माघ । नेपाली कांग्रेसले कमलमा आसन्न निर्वाचन लक्षित वडास्तरमा समिति बनाएको छ । कांग्रेस कमलका सभापति खगेन भण्डारीका अनुसार कमलका ७ वटै वडामा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
२१ फागुनमा हुन गईरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा ५ बाट उम्मेदवार बनेकी मन्धरा चिमरिया पौडेललाई जिताउन वडास्तरमा वडा सभापतिको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरि चुनावी गतिविधि थालिएको सभापति भण्डारीले बताएका छन् ।

यसैगरि, दमकमा पनि कांग्रेसले नगरका १० वटै वडामा निर्वाचन परिचालन समिति गठन गरिएको कार्यवहाक सभापति प्रेम भट्टराईले बताए ।कांग्रेसका क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले क्षेत्रका दमक, कमल ,गौरादह र गौरीगञ्जमा पालिकास्तरसहित वडावडामा निर्वाचन परिचालन समिति गठन गरि पार्टीकी उम्मेदवार चिमरियालाई विजय गराउन घरदैलोसहितका कार्यक्रम तीव्र वनाइएको जनाएका छन् ।

यसैगरि, क्षेत्रीय निर्वाचन परिचालन समितिले क्षेत्रका सवै पालिकातहमा यहि माघ २३ गतेदेखि निर्वाचन लक्षित कार्यक्रम शुरु गर्ने सभापति भण्डारीले बताए । क्षेत्रीय सचिव धर्मानन्द भट्टराईका अनुसार निर्वाचन लक्षित घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम अन्तर्गत दमकमा यहि माघ २३ गतेदेखि ४ फागुन , फागुन ५गतेदेखि ८ गतेसम्म कमलमा, ९ देखि ११ फागुनसम्म गौरादह र १३ देखि १४ फागुनसम्म गौरीगञ्जमा कार्यक्रम तय गरिएको छ । साथैं, तोकिएको समय बाहेक सवै पालिकाले वडाका टोलटोलमा परिचालित हुन समेत अनुरोध गरिएको पार्टीद्धारा जारी सूचनामा उल्लेख छ । ती कार्यक्रममा उम्मेदवारसहित पार्टीका नेतृत्वहरु समेत सहभागि हुने छन् ।

Leave a Reply

Your email address will not be published.