दमक,२२ माघ । चुनावी अभियानका क्रममा मंगलवार झापाको गौरीगञ्जमा दुई उम्मेदवारवीचको हार्दिकता जम्काभेट । झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मन्धरा चिमरिया पौडेल र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङबीच जम्काभेटका क्रममा देखिएको हार्दिकता । त्यो भेटका क्रममा उनीहरूबीच चुनावी दौडानको विषयमा आपसी संक्षिप्त छलफल गर्न भ्याएका थिए । चुनावी प्रतिस्पर्धाका रहेका दुवै उम्मेदवारबीचको यो किसिमको आपसी सद्भाव र हार्दिकता निकै प्रंशसनीय बन्न पुगेको थियो ।