झापा, २१ माघ । झापामा याक्थुङ लिम्बू कलाकर्मीहरु संगठीत भएका छन् । किरात याक्थुङ चुम्लुङ अन्तर्गतको लिम्बू साँस्कृतिक परिषद झापाको आज बिर्तामोडस्थित चुम्लुङ हिममा सम्पन्न परिषदको प्रथम जिल्ला अधिवेशनले शर्ण लोवाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा गंगादेवी कन्दङ्वा ,सचिवमा चन्द्र सम्बाहाङ्फे ,सहसचिवमा रिपना लिम्बू र कोषाध्यक्षमा चन्द्रकला साँवा चुनिएका छन् । समितिको सदस्यहरुमा दुर्गादेवी इङनाम ,संगीत आङ्खेवा ,सुरेश काङ्भा ,मिना नेम्बाङ , आकाश लावती ,रामकुमार सम्बाहाङ्फे
,दुरेश योङ्हाङ ,अमृत मादेन , रिया कन्दङ्वा ,अप्सरा बोखिम ,बालकुमारी लक्सम , चोलुङ्हाङ केदेम , दिलमाया पन्धाक, पारस साँवा , धनराज यक्सो चुनिएका छन् । यसैगरि, अधिबेशनको बन्दसत्रले खेलराज योङ्हाङ, चन्द्र थेबे , बबिता फोम्बो ,देशकुमारी पन्धाक र लिम्बू सास्कृतिक परिषदका संघीय सदस्य बबिन आङदेम्बे रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको नवनिर्वाचित सदस्य मिना नेम्बाङले जानकारी दिइन् ।
अधिबेशन परिषदका केन्द्रीय अध्यक्ष सागर केरुङको अध्यक्षतामा भएको अधिबेशनमा चुम्लुङ झापाका अधयक्ष शेसेहाङ फियाक लगायतका चुम्लुङका अगुवाहरु, कलाकर्मीहरुको उपस्थिति रहेको थियो ।