
काँकरभिट्टा, २० माघ । काँकरभिट्टाको एसएस फुटवेयरमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ । आज विहान १२ वजे सो उद्योगमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको हो ।
मेचीनगर–६ का श्याम पिन्टुको जुक्ता उद्योगमा विद्युतसर्ट भई लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले बताए ।
‘उद्योगभित्र रहेको जुक्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुक्ता, केमिकल लगायतका सामान पूर्णरुपमा नष्ट भएको छ’, डिएसपी दाहालले भने–‘भवनको चारैतिरको भाग अधिकांश जलेको छ साढे ८ करोड क्षति भएको अनुमान गर्न सकिन्छ ।’
भारतबाट आएका ३ वटा दमकल गईसकेको छ भने र झापा र मोरङका १० वटा दमकल फर्किने क्रममा रहेको बताइएको छ ।