अबैध चादीसहित एक महीला पक्राउ

विराटनगर,१९ माघ । मोरङ प्रहरीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेको ७ लाख मूल्य बराबरको चाँदीको गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ ।
मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चौकस्थित सडक खण्डबाट स्थानीय सोहि वडाकी २९ बर्षिया मन्जु सहनी पक्राउ परेकी हुन् ।
प्रहरीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको बखत पक्राउ परेकी उनको साथबाट ७ लाख बराबरको चाँदीको गरगहना बरामद गरिएको थियो ।
सहनीले बोकेको लेडिज ब्यागमा प्लाष्टिकको टेपले बेरेको पोकाभित्र चाँदी जस्तो देखिने धातुका विभिन्न ९पायल ठूलो २० पिस, सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस गरी जम्मा अन्दाजी ७ केजी ४६ ग्राम तौल बराबरको (अनुमानित मूल्य सात लाख बराबर ) को चाँदीको गहना फेला परेको थियो । उनलाई आवश्यक कारवाहीका लागी भन्सार कार्यालय रानीमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.