दमक , १७ माघ । झापा, कमलका युवाहरुले पाँचथर,तुम्बेवा ४ घर भई हाल दमक बहुमुखी क्याम्पस कक्षा १२ मा अध्ययनरत १९ बर्षिया सरस्वती बोखिम राईको उपचारमा १ लाख ५१ हजार रुपैया सहयोग उपलव्ध गराएका छन् ।
कमल घर भई दमकमा कर्म व्यूटि सैलुन व्यवसाय सञ्चालन गरिआएका नेपाल विद्यार्थी संघ झापाका सचिव समेत रहेका जितेन राईको अगुवाईमा संकलित उक्त सहयोग बोनम्यारो पीडित राईलाई हस्तान्तरण गरिएको हो ।
बुधबार अभियान टोलीले पत्रकार सम्मेलन गरि बोनम्यारो रोगी राईलाई संकलित सहयोग रकम प्रदान गरिएको थियो । उनका अनुसार अभियानमा पीडित राईको बोनम्यारो प्रत्यारोपणका लागि दमकस्थित मोडल क्याम्पस साहित्यीक मञ्चबाट रु १२ हजार,कमलको फोनिक्स स्कूलका बालबच्चाबाट ६ हजार ३ सय २५, काकड्भिटटा बहुमुखी क्याम्पसका स्ववियू सभापति विशाल तामाङको अगुवाईमा सुदय अंग्रेजी स्कूल, तारापुञ्ज अंग्रजी स्कूल, अरुणोदय अंग्रेजी स्कूल लगायतका विद्यार्थीहरुबाट रु ३० हजार,दक्षिण कोरियामा बस्दैआएका क्याप्टेन लिम्बूको पहलमा ७६ हजार र दमकका युवाहरुबाट संकलित रु २७ हजार १ सय ७५ रुपैया एकमुष्ठ प्रदान गरिएको हो ।
अभियानमा जितेनसंगै दमकका मनकारी युवाहरु सुनिल हतासो, ललित मगर, दोर्ण दाहाल ,नवराज ढकाल, आशिष लेछार्वी,सायन साम्पाङ, शमिर स्याङदेन ,अनिल सम्बाहाम्फे, रोनाहाङ राई, अभिषेक थुलुङलगायतका टोली सहयोग जुटाउन क्रियाशील रहेका थिए ।