पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानले पाँचौ बार्षिकोत्सव मनायो

दमक,१७ माघ । दमक -१ स्थित पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानले विविध कार्यक्रम गरि मंगलवार पाँचौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा प्रतिष्ठान परिषरमा आयोजित एक कार्यक्रममा बक्ताहरुले प्रतिष्पर्धाको युगमा शिक्षालयलाई गुणस्तरिय बनाउन जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका प्रमुख रामकुमार थापाले प्रतिष्ठान र शिक्षालयहरु नगरका गहना भएकाले प्रतिष्ठानलाई नगरको तर्फबाट आवश्यक सहयोग गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश समितिका कोषाध्यक्ष गगन पुरी, नेपाली काँग्रेस जिल्ला उपसभापति शेरवहादुर भट्टराई, सीटीईभीटीका प्रतिनिधि ठाकुरप्रसाद भट्टराई लगायतले प्रतिष्ठानको सफलताको शुभकामना ब्यक्त गर्दै आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा साहित्यकार धनकुटे कान्छा, शिक्षासेवी विदुर खतिवडा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं, दमक जेसीजका महासचिव रामचन्द्र अधिकारी, रेडक्रस दमकका सभापति प्रकाश बुढाथोकी, सहिद वेपत्ता परिवारका प्रतिनिधि लालसुन्दर राई लगायत राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष देवीप्रसाद गौतमले गरेका थिए भने कार्यक्रममा सोही विद्यालय र दमकस्थित सप्तश्री एकेडेमीका विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान तत्कालीन नेकपा (माओवादी )द्वारा सञ्चालित दसवर्षे जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका झापा दमकका सहोदर दाजुभाइ पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेतको नाममा स्थापित संस्था हो । उनकै नामबाट दमकमा ०७७ सालवाट पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.