पथरीमा खेलकुद महोत्सव सम्पन्नः फुटबलमा सिरीजंगा र भलिबलमा वडा न. २ लाई उपाधि

पथरीशनिश्चरे, १६ माघ । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा एफसीले चुमेको छ ।सोमबार भएको फाइनल खेल स्पर्धी नाजारिन युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
खेलको आयोजना पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको फाईनल खेलमा नाजरिन टिम विरूद्ध पहिलो हापको २ मिनेटमै सिरीजंगा फुटबल क्लबका जर्सी नं ७ का संयोग थापाले हेडमार्फत गोल गरे । सोही गोल नै जितेको लागि पर्याप्त रहन गयो । सुरुवातदेखि नै सिरिजङ्गाले विपक्षी नाजरिनलाई दबाबमा राख्न सफल भयो ।
सिरीजंगा फुटबल टिमका जर्सी नं ७ का सम्योक थापा म्याच अफ दि म्याच घोषित भए। उनी सहित विजयी सबै विधाका उत्कृष्ट खेलाडीहरूलाई नगरप्रमुख मोहनप्रसाद तुम्वापो,उप प्रमुख देवी माया काफ्ले,नगर स्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्य, वडाध्यक्षहरु क्रमशः भीम राई, नैना राई ,विजय लिम्बू, जीवन खतिवडा लगायतकाले नगदसहित ट्रफि र मेडल प्रदान गरेका थिए ।
फुटबल तर्फ विजयी सिरिजङ्गाले १ लाख, उप विजेता नाजरिनले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर प्राप्त ग¥यो ।नगरमा दर्ता भएका १० टिमले सहभागिता जनाएको खेल जाँतेमोडमा माघ ६ गते सुरु भएको थियो ।
यसैगरी, वडा नं २ ले भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । विभिन्न ७ वटा विधामा पुरस्कृत खेलाडीहरूलाई एक समारोहका विच नगद, ट्रफी तथा मेडल सहितले पुरस्कृत गरिएको थियो।खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ माघ ६ गतेदेखि सञ्चालन भएको ’पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’को समापन कार्फक्रमका अवसरमा फुटबल– पुरुष÷ महिला, भलिवल, क्रिकेट, बुद्धिचाल, कराते, तेक्वान्दो र मिनी म्याराथुन जस्ता विभिन्न ७ विधिमा प्रतिस्पर्धा भएका थिए ।

Leave a Reply

Your email address will not be published.