इलाका प्रशासन कार्यालय दमक आफनै भवनमा

दमक ,१६ माघ । दमकको इलाका प्रशासन कार्यालयले आज आईतवारदेखि आफनै नयाँ भवनबाट सेवा शुरुवात गरेको छ । दमकको पशुहाट राजमार्ग दक्षिण वडा न ८ मा दाताहरुले उपलव्ध गराएका दश कठ्ठा जमीनमा निर्मित सुविधासम्पन्न तीनतले पक्कीभवनबाट सेवा शुरु गरिएको कार्यालयका शाखा अधिकृत सुर्यमान बाँनियाले बताए ।
भवन संघीय सरकारको रु ४ करोड ५५ लाख रुपैयाको बजेटबाट निर्माण भएको हो । नयाँ भवनबाट कार्यालय स्थान्तरण गरि आजदेखि सेवाग्राहीका नागरिकता,राहदानी लगायतका सरकारी सेवाको काम थालिएको शाखा अधिकृत बाँनियाले बताए ।
दमकमा २०५० सालदेखि इलाका प्रशासन कार्यालय स्थापना भई यतिका बर्षसम्म भाडाको घरमा कार्यालय सञ्चालन हुदैआएको थियो ।
जिल्ला प्रशासन कार्यालय झापा अन्तर्गतको दमकसहित गौरीगञ्जमा इलाका प्रशासन कार्यालय सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published.