दमक ,१७ माघ । एशियन हाइवे निर्माण कार्यमा संलग्न एक जना मजदुरको करेन्ट लागेर दमकमा मृत्युभएको छ । दमक नगरपालिका–४ ताराबारीमा काम गरिरहेका रौतहट जिल्ला चन्द्रनिगाहापुर–१० घर भएका अन्दाजी २० वर्षीय सञ्जय महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । महतोलाई निर्माणाधीन ‘एसियन हाइवे’मा काम गर्ने क्रममा दिउँसो ३ः१० बजेतिर करेन्ट लागेको र उपचारका लागि लैजादा उनको मृत्युभएको र घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक नविन राईले बताए ।