अर्यालले दिए दमक फूटवल एकाडेमीलाई जर्सी

दमक, १६ माघ । दमक १ निवासी सामाजिक युवा व्यक्तित्व निर्माण व्यवसायी नारायण अर्यालले दमक फूटवल एकाडेमीलाई जर्सी सेट प्रदान गरेका छन् ।बालकुमारी भुमेश्वरी सप्लायर्सका प्रोपाइटर समेत रहेका एकाडेमीलाई २० थान जर्सी सेट उपलव्ध गराएका हुन् । आज संक्षिप्त कार्यक्रमका बीच उनले ती सामाग्रीहरु एकाडेमीमा आवद्ध खेलाडीहरुलाई हस्तान्तरण गरे । जर्सी हस्तान्तरणका क्रममा अर्यालले फूटवल खेलमा आवद्ध खेलाडीहरुको क्षमता अभिबृद्धिमा टेवा पुरयाँउन ती सहयोगी सामाग्रीहरु प्रदान गरेको बताए ।जर्सी हस्तान्तरणमा फूटवलका पूर्व खेलाडी गजु देवान, कुमार गिरी लगायतका खेलाडीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.