प्रेस युनियन प्रदेश अध्यक्षमा नवोदित

झापा,१६ माघ । नेपाल प्रेस युनियन प्रदेश नं १ को अध्यक्षमा मीनकुमार श्रेष्ठ (नवोदित ) निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट नवोदितको अध्यक्षतामा २८ सदस्यीय सर्वसम्मत प्रदेश कार्यसमिति चयन भएको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्ष जयन्तीकला तामाङ (उदयपुर ), समावेशी उपाध्यक्षमा शारदा तामाङ (भोजपुर), महासचिवमा सञ्जीव वाग्ले (सुनसरी ), सचिवमा सरोज निरौला (उदयपुर ), महिला सचिवमा सरला रेग्मी (पाँचथर ), समावेशी सचिवमा विनय वाराकोटी (सुनसरी) र कोषाध्यक्षमा कविराज घिमिरे (धनकुटा ) चुनिएका छन् ।
यसैगरि,सदस्यहरुमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनु खड्का, प्रकाश पास्तावा, शिखरजङ्ग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी, सङ्गीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भास्कर चौधरी, आशिष यादव, मिलन राई, खेमराज बराल र जीवन फुयाँल चयन भएका छन् ।
यस्तै लेखा समिति संयोजकमा लक्ष्मी गौतम, सदस्यमा करुणा बस्नेत र पदमसुन्दर लामिछाने निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष नवोदितलगायत पदाधिकारीलाई युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, उपमहासचिव अभयकुमार राई लगायतले बधाई तथा शुभकामना दिएका थिए । प्रदेश अधिबेशनको उद्घाटन कांग्रेस नेता डा. शेखर कोइरालाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.