हलुका सवारी चालकको नयाँ नेतृत्व,अध्यक्षमा भट्टराई

दमक,१६ माघ । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समिति दमकको अध्यक्षमा दिनेश भट्टराई चुनिएका छन् ।इलामको चुलाचुलीस्थित चपेटीमा आज सोमबार सम्पन्न आठौ इकाई अधिबेशनले भट्टराईको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यता रहेको अधिबेशनको बन्दसत्रले  निर्वाचित समितिको सहअध्यक्षमा  खड्ग पाण्डे ,बरिष्ठ उपाध्यक्षमा दिपक खतिवडा, उपाध्यक्षमा भिम पौडेल,सचिवमा डिल्ली प्रसाद अधिकारी ,सहसचिवमा हरि दाहाल र कोषाध्यक्षमा अर्कलाल दाहाल चुनिएका छन् । यस्तै, सदस्यहरुमा प्रकाश धिमाल, रमेश धिमाल, दिवस अधिकारी ,मणि लामा,शिव दंगाल लगायत रहेका छन् ।

त्यस्तै, बालकृष्ण श्रेष्ठको संयोजकत्वमा गौतम कुमार लामा बिन्द्र श्रेष्ठ ,गान्धी प्रसाद भण्डारी,प्रितम दहाल तुलसी ,कमल राई सम्मलित रहेको सवारी व्यवस्थापन उपसमिति समेत गठन गरिएको थियो ।

त्यसैगरि, मजदुर संघलाई लामो समयदेखि विभिन्न किसिमले सहयोग पुरयाँएवापत प्रेमकुमार श्रेष्ठ ,गौतम कुमार लामा,केशव थापा ,जित बहादुर भुजेल,भिम लिम्बू ,खडग बहादुर भुजेल ( गोपाल ) लाई सम्मान गरिएको नवनिर्वाचित कोषाध्यक्ष अर्कलाल दाहालले जानकारी दिए ।

अधिबेशन उद्घाटनमा बिशिष्ट अतिथि ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारी ,नेपाली काग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी,नगर सभापति प्रकाश प्रसाईं ,प्रदेश (ख ) का सभापति रवि केसी,मजदुर संघ जिल्ला अध्यक्ष गान्धी प्रसाद भण्डारी ,निम्स अस्पतालका सञ्चालक रोशन बिष्ट ,नेवि संघका भरत दुलाल,दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ ,यातायात मजदुर संघका केन्द्रीय सदस्य विश्वास कास्यप ,प्रदेश १ का सदस्य डार्बिन संगौला,हलुका संघमा आवद्ध मजदुरहरु उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.