-दमक जेसीजको ४२ औं पद हस्तान्तरण
दमक,१६ माघ । प्रदेश नम्बर एकका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजमा बढदो लागूऔषध दुव्र्यसनका कारण भविष्य डरलाग्दो हुने खतरा बढेको भन्दै युवा पुस्तालाई त्यसको नियन्त्रणमा प्रभावकारी भुमिका खेल्न आव्हान गरेका छन् ।
आइतबार साँझ दमक जेसीजको ४२ औं पदहस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले युवाहरुको नेतृत्व र व्यक्तित्व बिकासमा उदाहरणीय भुमिका खेल्दै आएको जेसीजलाई समाजमा व्याप्त लागूऔषधको समस्या हल गर्न घरघरबाट क्याम्पेनिङ हुनु आवश्यक रहेको समेत जोड दिए ।
उनले प्रदेश एकमा लागूऔषधको प्रयोगले दमकमा समेत उच्च जोखिम निम्त्याइरहेको कारण यसलाई नियन्त्रण गर्न जेसीजसंग सहकार्यको प्रस्ताव समेत गरेका छन् ।
आफू भर्खरै जेसीजका पाँच वटा शाखाहरुका कार्यक्रममा पुगेको उल्लेख गर्नुहुदै मुख्यमन्त्री कार्कीले भने , –‘सबैको कार्यक्रम देखेपछि लागूऔषध,दुव्र्यसन नियन्त्रण गर्न जेसीजले महत्वपूर्ण भुमिका खेल्न सक्छ भन्ने लागेको छ, आज म यो प्रस्ताव जेसीजहरुमाझ राख्न चाहन्छु ।’
प्रदेश सभा सदस्यको दुई तिहाईले मात्रै प्रदेशको नामाकरण गर्न सक्ने संबैधानिक व्यवस्था रहेकाले सकेसम्म सर्वसम्मतिबाटै नभए मतदान प्रकृयाबाट भएपनि नामाकरणलाई उच्च प्राथमिकतामा राखेर टुंग्याउन प्रदेश सभामा सरकारले सहजीकरणको भुमिका निर्वाह गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता छ ।
सो अवसरमा प्रदेश सभा सदस्य होमबहादुर थापा ,दमक नगर प्रमुख रामकुमार थापाले दमक जेसीजले निर्माण शुरु गरेको जेसीज सामुदायिक भवन निर्माणलाई अघि बढाउन आ–आफनो तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठले व्यवसायिक क्षेत्रमा रहेको संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै बैंकहरुमा बुझाउनु पर्ने पुष मसान्त सम्मको कर्जाको अवधिलाई बढाएर कम्तिमा आगामी असार मसान्त सम्म कायम गर्न पहलका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
सोही कार्यक्रमका बीच दमक जेसीजको ४२ औं पद हस्तान्तरणमा निर्वाचन आयुक्त कमल कटुवालले नवनिर्वाचित अध्यक्ष मुकेश अग्रवाल नेतृत्वको बोर्डका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । उनले अध्यक्ष अग्रवाललाई सपथ गराए भने अध्यक्ष अग्रवालले बोर्डका अन्य पदाधिकारीहरुलाई सपथ गराएका थिए । त्यस्तै, निवर्तमान अध्यक्ष सन्जीव बरालले अध्यक्षको चेन हस्तान्तरण गरेका थिए ।
जेसीज विधान अनुसार दमक जेसीजका नवनिर्वाचित अध्यक्ष अग्रवालले सो अवसरमा आफनो नेतृत्वको टिमलाई सहयोग पुुरयाउने महत्वपूर्ण भुमिकाका लागि महासचिव पदमा रामचन्द्र अधिकारी,कोषाध्यक्षमा राजकुमार अग्रवाल (राज) , कानुनी सल्लाहकारमा निरोज आचार्य , प्रकरण निर्देशकमा सन्ध्या अधिकारी र सचिवमा सन्देश अधिकारीलाई मनोनित गरेका थिए ।