दमक, १६ माघ । दमक- १ मा अवस्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कुलले बुधबार विभिन्न कार्यक्रम गरि आफ्नो ४५ औं वार्षिकोत्सवसहित अभिभावक दिवस -२०८१ मनाएको छ । स्कूलमा आयोजित विशेष कार्यक्रममा नर्सरीदेखि आधारभूत तहसम्मका विद्यार्थीहरुले कलात्मक गीत,नृत्य प्रस्तुति गरेर मनोरञ्जन प्रदान गरेका छन् ।
वि.सं.२०३७ मा स्थापना भएको सो स्कूलले बार्षिक रुपमा आफ्नो बार्षिकोत्सव मनाउदैआएको छ । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक वेषभूषामा सृजनशील प्रतिभा प्रस्तुत गरेका थिए भने अभिभावकहरुवीच खेलकुदका कार्यक्रम समेत सञ्चालन गरिएको प्रिन्सीपल चन्द्रप्रकाश राईले बताए ।
उनका अनुसार कक्षा नर्सरीदेखि आधारभूत तहसम्मका विद्यार्थीहरुले गीत ,नृत्य तथा साँस्कृतिक गरि विभिन १२ वटा आर्कषक प्रस्तुतिहरु देखाएका छन् । ती मध्ये विभिन्न जातजातिका समिश्रित प्रस्तुति आकर्षक रहेको थियो । कार्यक्रममा विशेषगरि मारुनी, लिम्बूसहितका एकल तथा सामूहिक नृत्य देखाएका विद्यार्थीले अभिभावकहरुको मन जितेको थियो ।त्यसैगरि, विद्यार्थीहरुले आफ्नो वाककला समेत प्रस्तुत गरेका थिए ।
सो अवसरमा स्कूलले अभिभावकबीचको इनआउट खेलमा आशिष चेम्जोङ, प्रकाश थापा र मदन तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएर पुरस्कृत बने । महिला अभिभावकको तातो आलु खेलमा पहिलो सुनिता अधिकारी, दोश्रो शान्तिकला राई र कल्पना राईले तेस्रो स्थान हाँसिल गरेर पुरस्कृत भईन् ।
बोअलिङतर्फ कमलप्रसाद आङ्देम्बे, मकरबहादुर तामाङ र कार्यक्रमका प्रमुख अतिथि कुबेरप्रसाद भट्टराई क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भए । लगायतका स्कूलका संस्थापक निर्देशक मनोज साम्पाङ राईको अध्यक्षता तथा दमक ९ का वडाध्यक्ष समेत रहेका नगर शिक्षा समितिका संयोजक कुबेरप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने दमक १ का पूर्व वडाध्यक्ष ताराप्रसाद अधिकारी, कमल प्रसाद आङदेम्बे, श्रीप्रसाद वनेम ,धनजीत राई लगायतका अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । बार्षिकोत्सवको शुभकामना तथा पुरस्कार वितरण गर्दे प्रमुख अतिथि भट्टराईले सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन नगरपालिकाले आवश्यक पहल गरिआएको औल्याए । दमककै पूरानो यस स्कूलको लामो शैक्षिक इतिहास र योगदान हामी सवैका लागि प्रशंसनीय भएको उनले सुनाए ।
कार्यक्रममा स्कूलका शिक्षक रमण दाहालले विद्यालयको प्रगति बारेमा अभिभावकहरुलाई जानकारी गराएका थिए ।कार्यक्रममा शिक्षक विनोद भण्डारीले मनोरञ्जनात्मक खेलको संयोजनमा सम्पन्न भएको थियो भने स्कूलका प्रिन्सीपल राईले धन्यवाद ज्ञापन गरेका थिए ।