दमक,१६ माघ । शहिद दिवसको अवसर पारेर बुधबार दमकमा खुल्ला रक्तदान आयोजना गरिएको छ । होटल व्यवसायी संघ दमकले गणतन्त्र चोकमा आयोजना गरेको रक्तदानमा ९ महिलासहित कूल ४१ जनाले रगतदान गरेका कार्यक्रम संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष राजकुमार गौतमले जानकारी दिए । संघका अध्यक्ष योगराज दंगाल, संघका प्रदेश अध्यक्ष राजन दंगाल, कार्यक्रम संयोजक राजकुमार गौतम ,पत्रकार विष्णु पौडेल, रुद्र कार्कीसहित होटल व्यवसायीहरु लगायतले रगतदान गरेका छन् ।
होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालको अध्यक्षतामा तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा भएको रक्तदानमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रले पुरयाँएको थियो ।
व्यवसायिक हकहितका लागि क्रियाशील होटल व्यवसायी संघ दमकले यस किसिमका सामाजिक गतिबिधिहरु समेत गर्दै आएको संघका महासचिव भुपेन्द्र न्यौपानेले जानकारी दिए ।