कञ्चनजंघा बहुउद्देश्यीय सहकारीको अध्यक्षमा चम्लागाई

दमक , १६ माघ । झापाको दमक- ८ मा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक तथा लेखा सुरपरिवेक्षण समितिको नयाँ नेतृत्व चयन भएको छ ।
संस्थाको सातौ कार्यकालको लागि भएको निर्वाचन कार्यक्रमबाट सञ्चालक समितिको अध्यक्षमा भरतकुमार चम्लागाई , उपाध्यक्षमा बिमल प्रसाद निरौला चुनिएका छन् । युवा व्यवसायी चम्लागाई संस्थाका निर्वतमान उपाध्यक्ष हुन् ।
यसैगरि,संस्थाको सञ्चालक समिति सदस्यहरुमा इन्दिरा घिमिरे, बिमल नेपाल,निर्मला आचार्य,टंकप्रसाद पाठक, दुर्गादेवी काफ्ले , कल्पना राई,दिपककुमार चुडाल,लोकनाथ अधिकारी ,केन्द्रबहादुर निरौला र खड्गबहादुर थापा र भानुभक्त घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।यसैगरि, प्रेमप्रसाद दंगालको संयोजकत्वमा बिनिता दाहाल र सिताराम खनाल रहेको तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य चुडामणी ओझाले बताए ।
निर्वाचित सञ्चालक तथा लेखा समितिलाई बुधबार नै सपथग्रहण सहित पदहस्तान्तरण गरिएको थियो । संस्थामा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिबक्ता देवेन्द्र भण्डारीले विधान बमोजिम सपथग्रहण तथा निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए । निर्वाचन समितिले गत माघ ९ गतेदेखि १६ गते सम्म निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । सो अवधिमा सञ्चालक तथा लेखा समितिमा सहमति जुटेपछि बुधबार दुवै समितिका पदाधिकारी ,सदस्यहरुलाई सपथग्रहण गराईएको संयोजक भण्डारीले बताए ।
कार्यक्रममा संस्थाका नवनिर्वाचित अध्यक्ष चम्लागाईले प्रतिवद्धता मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा भएको सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रमको सञ्चालन व्यवस्थापक निलकण्ठ निरौलाले गरेका थिए । नवनिर्वाचित अध्यक्ष चम्लागाईले बुधबारदेखिनै आफनो कार्यभार सम्हालेका छन् ।
२०५६ सालमा स्थापित सो सहकारी दमकमा मुख्य कार्यालय र झापाको गौरादह, कनकाई , शिवसताक्षीको डुडाँमारी तथा मोरङको उर्लावारी, मिक्लाजुङ, पथरीमा गरि ६ वटा सेवा केन्द्र सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published.