दमक,१५ माघ । ताप्लेजुङको पाथीभरामा शनिबार भएको झडपको विरोध तथा केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै प्रर्दशनमा उत्रिएका आन्दोलनकारीहरुले दमकमा पनि आज विरोध ¥याली निकालेका छन् । ¥यालीमा पहिचानवादी नेता कुमार लिङदेनसहितका नेताहरु सहभागि थिए ।
शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएको समूहमा गोली चलाइएको घटना प्रति विरोधमा उत्रिएका संघर्षरत पक्षधरले केवलकार निर्माण रोक्नु पर्ने लगायतका माग राख्दै ¥यालीले दमक बजार परिक्रमा गरेका थिए ।
¥यालीपछि आकासे पुल सडक क्षेत्रमा कोणसभा गरिएको थियो । कोणसभामा संघीय नेता कुमार लिङदेनले पाथीभरा धार्मिक सम्पदा भएको भएपनि राज्यले एउटा माफियालाई केवलकारको जिम्मा दिने कार्य आफूहरुलाई स्वीकार्य नभएको औल्याए । उनले मुकुमलुङमा राज्यले आपूmहरुमाथि गरेको दमनका विरुद्ध देशभरिका पहिचानवादीहरु एक भएर प्रतिकारमा उत्रन बाँध्य हुने चेतावनी दिए ।